पर्यटकको पखाईमा बारबर्दिया स्थित रम्मापुरको सहिद पार्क
बर्दिया, ९ चैत । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ७ रम्मापुरमा रहेको रम्मापुर सामुदायिक सहिद पार्क पर्यटकहरुको पर्खाईमा छ । ढकमक्क फुलेको फुलबारी, रंगीचङ्गी बिजुली बत्ती, जोडी बस्ने छानो सहितको बेञ्च, सुन्दर पानी पोखरी, आर्कषक सोलार पम्प, भ्यूटावरसँगै प्रतिक्षालयहरु, सेल्फी फ्रेमहरु, शान्त र सुन्दरवातावरणले भरिपुर्ण पार्क कसको मन लोभिदैन होला । बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर सेक्टरको प्रवेशद्धारसंग जोडिएको रम्मापुर सामुदायिक सहिद पार्क पर्यटकहरुको प्रतिक्षामा छ ।
पार्क र निकुञ्जको प्रवेशद्धारलाई लक्षितगर्दै स्थानीय ब्यापारीहरुले पाँच नम्बर बजारलाई ब्यबस्थित गरेका छन् । सामुदायिक रम्मापुर होमस्टे संचालनमा ल्याईएको छ । पार्क हेर्न हेर्न लायक छ । पर्यटकहरुलाई स्वागत गर्न तयारी अवस्थामा रहेको स्थानीय रम्मापुरका खाजा पसल संचालन गर्नु भएका ब्यबसायी नन्दु शर्मा भन्नुहुन्छ, एकदमै सुन्दर पार्क निर्माण भएको छ । प्रचारप्रसारको अभावमा पर्यटकहरुले पार्कको बारेमा थाहा पाएका छैनन् । पार्क छ भन्ने थाहापाएपछि आउँआउँ लाग्ने बातावरण छ । उहाँले भन्नुभयो, बर्दिया जिल्ला पर्यटकीय क्षेत्रको दृष्टिकोणले सम्भावना बोकेको छ । तराई क्षेत्रको सबभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज पनि नजिकै छ ।
यस क्षेत्रका जनतालाई बिभिन्न माध्यमबाट पर्यटन ब्यबसायमा जोड्नका लागि स्थानीय तहहरुले पर्यटन प्रवर्धनका क्षेत्रमा कामहरु गरिरहेका छन् । बर्दियाको बारबर्दिया नगरपालिकाले रम्मापुर सामुदायिक सहिद पार्क निर्माण गरेपछि स्थानीय ब्यापारी तथा स्थानीय उत्पादनले बजार पाउन थालेको उहाँको भनाई छ । निर्माणाधिन रहेको रम्मापुर सामुदायिक सहिद पार्कमा हाल करिब २ करोड लागत लगाईएको छ । पार्क भित्र प्रतिक्षालयहरु, भ्युटावर, छानो सहितका बेन्चहरु, पानीपोखरी, सोर्लार पम्प, फुलबारी, सेल्फी फ्रेमहरु बनाईएको छ ।
साथै बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको पार्क भएकोले बिभिन्न किसिमको जंगली जनावरहरुको समेत अवलोकन गर्न सकिने ठाँउ रहेको स्थानीय धनबहादुर खड्काले बताउनु भयो । करिब २० बर्ष पहिले देखि नै पार्कको निर्माण कार्य शुरु भएपनि स्थानीय तह भएपछि पार्क निर्माण कार्यले तिब्रता पाएको छ । संघीय तथा स्थानीय सरकार, सामुदायिक बन र ब्यक्तिगत सहयोगमा पार्क निर्माण भईरहेको छ । पुर्ब—पश्चिम राजमार्गसंगै पार्क जोडिएकोले टाढाटाढाका पर्यटकहरुलाई पनि अवलोकन गर्न सहज हुने पार्क ब्यबस्थापन समितिका अध्यक्ष जगतबहादुर शाहीको भनाई छ । रम्मापुर मध्यवर्ती सामुदायिक बनको ३१ हेक्टर जग्गामा पार्क बनाउने लक्ष्य अनुसार हाल ६ हेक्टर क्षेत्रफलमा बिस्तार गरिएको छ ।
रम्मापुरमा बर्दिया राष्ट्रिय निकुञ्जको प्रदेशद्धार बनेपछि स्थानीयहरुले नै पार्क निर्माणको कामलाई तिब्रता दिनु भएको छ । जसले गर्दा पर्यटकहरुको संख्या बढदै गएको बारबर्दिया ७ का वडा अध्यक्ष ईन्द्र चौधरीले बताउनु भयो । उक्त पार्कसंग जोडेर स्थानीय समुदायको आयआर्जनमा बृद्धि गर्न जडीबुटी उद्योग, दुनाटपरी उद्योग, सांस्कृतिक थारु संग्राहालय लगाएतका संरचनहरु निर्माण गर्ने तयारी रहेको छ । स्थानीय युवाहरुलाई उत्पादन, कलासंस्कृति र पर्यटन ब्यबसायमा लगाउन सकियो भने स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सहज हुने सामुदायिक बनका अध्यक्ष रामबहादुर थारुले बताउनु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments