• ११ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
महिला बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ 

बर्दिया, चैत ९ । बर्दियामा महिला बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । महिलाले मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीमा दिएको जाहेरीका आधारमा बाँसगढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले विहिबार राती नियन्त्रणमा लिएको हो ।

चैत ७ गते बुधबार राति करिव ९ बजे तिर महिलाको माईती घरबाट तानेर जबरस्ती करणी गरी कसैलाई भने ज्यान मार्ने धम्कि समेत दिएको जाहेरीमा उल्लेख रहेको बताईएको छ । महिलाको स्वास्थ्य चेकजाँच गर्न बर्दिया अस्पताल पु¥याई सकेको मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक शैलेश्वरी बोहोराले बताईन् । 

पिडित महिलालाई सुरक्षित आवास र वडाध्यक्षलाई ईप्रका मोतिपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताए । नियन्त्रणमा लिईएका वडाध्यक्षलाई जिल्ला अदालतमा लगेर अनुसन्धानको लागि म्याद थप गरिएको उनको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments