राज्य संरचनामा महिलाको समावेशी सहभागीता गराउन महिलावादी अनुपम अभियान
मुरली गोडिया, ८ चैत, बर्दिया । राज्यको हरेक संरचनामा महिलाहरुको समान सहभागिता हुनुपर्ने अभियानकर्ताले बताएका छन । देशब्यापी महिलावादी अनुपम अभियान अन्तरगत मेची महाकाली बस यात्राका सहभागीहरू बर्दिया पुगी अभियान बारे जानकारी गराएका छन ।
महिलामा लगानी र महिलाको अधिकार सुनिश्चित गर’ भन्ने नारा सिहत सामुदायिक सुरक्षा जालो अभियानमा सहभागीहरुलाई थारु महिला उत्थान केन्द्र बर्दियाले स्वागत समेत गरेको थियो । स्थानिय थारू संस्कृति तथा पहिरनका साथ नृत्य प्रस्तुत गरि अभियानमा आएका महिलाहरुलाई स्वागत गरिएको थियो । हरेक संरचनामा महिलाको समान सहभागिता गराई पहुँच अभिबृद्धि गर्न अभियानमा सहभागी भएको अन्तरपुस्ता महिलावादी मञ्चकी सह–संयोजक स्टेला तामाङले जानकारी दिनु भयो ।
महिलाहरूले अधिकार सहित जिम्मेवारी पाउनु पर्ने भन्दै अभियान एक बस यात्रा मात्र नभई आन्दोलनको प्रतीक भएको प्रतिक्रिया दिनुभयो । अभियानमा ३२ जनाको सहभागिता छ । अभियानमा सहभागीता जनाउँदै थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले केन्द्रले महिला तथा बालबालिकाका सवालमा कामगर्दै आइरहेको जानकारी गराउँदै महिलावादी अनुपम अभियान सशक्त रुपमा बढाउनु पर्ने बताउनु भयो । अन्तरपुस्ता महिलावादी मञ्चले सन् २०२३ देखि २७ सम्म देशव्यापी महिलाका सवालमा अनुपम अभियान संचालन गरेको छ ।
२३ °C काठमाडौं
Facebook Comments