• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बजारमा भारतिय बिषाक्त बैखा माछा छ्यापछ्याप्ती 

दिनेश ठाकुर, ७ चैत्र, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर १० परसियाकि दसिया थारु    अस्पताल भर्ना भईन । उनलाई चिकित्सकले शरिरमा रगतको कमी र पिसाबमा संक्रमण भएको बताएका थिए । एक हप्ताको अस्पतालको बसाईपछि अहिले थारु घर फर्किएकि छिन । बिरामी हुनुभन्दा अघिल्लो साझ भारतिय सिमा क्षेत्र चित्लहवा बाट बैखा (पंगास) जातको माछा ल्याई खाएकी थिईन । माछा खाएको केही घण्टा पछि उनि बिरामी भईन त्यसको भोलिपल्ट उनलाइ अस्पताल ल्याईएको हो । 

बर्दिया लगायत गुलरियामा बैखा जातका माछाको बिक्रि बितरण व्यापकरुपमा भई रहेको छ । अन्य माछाको तुलनामा सस्तो दरमा पाइने भएपछि बैखा माछाको बिक्रि बितरण व्यापक रुपमा भई रहेको हो । माछा ब्यापारिका अनुसार नेपालगंज नाका हुदै भित्रयाइने बैखा जातका माछा गुलरियामा  महिनौ दिन पछि बिक्रि गरिदै आएको छ । भारतबाट भित्रयाइ यस क्षेत्रमा बिक्रि बितरण गरिदै आएका यी माछा खाँदा बिभिन्न रोगहरु समेत लाग्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन । भारतबाट निर्यात हुने बैखा जातका माछा स्थानीय सरकारले निषेध नै गर्नु पर्ने बर्दियाका माछा उत्पादन ब्यवसायि बताउँछन । यी माछालाई स्थानीय सरकारले पूर्णरुपमा बिक्रि बितरणमा रोक लगाउन आवश्यक रहेको स्थानिय ब्यवसायीको भनाई छ । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ ।

यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गर्छ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको जानकारहरु बताउँछन् । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । चिकित्सकका अनुसार यसले विशेष गरी मुटु र मिर्गौलालाई असर गर्छ । यसै गरी पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्छ । तर त्यस्ता माछा खुलेआम बजारमा बिक्री भइरहदा समेत नियन्त्रण हुन सकेको छैन । नेपाली माछाहरूमा विषादीको प्रयोग नगरिने भएकाले केही दिनमा गन्हाउन थाल्छ । तर भारतबाट भित्रिएका माछामा फर्मालिन राखेर लामो समयसम्म नबिग्रिने बनाइन्छ । फर्मालिनको मात्रा बढी हुँदा क्यान्सर रोगको जोखिम हुन्छ । 

त्यस्तो माछा महिना दिनसम्म राख्दा समेत गन्हाउँदैन । नाकामा क्वारेनटाइन सेवा एकदमै फितलो हुँदा माछा जाँच नै नभई भित्रिरहेको छ । त्यति मात्र हैन, नाकामा माछा जाँचका लागि कुनै पनि इक्युपमेन्ट नै छैन । यस्तो अवस्थामा उपभोक्ता आफै सचेत हुनु पर्ने बेला आएको छ ।  नेपाली र भारतीय माछा पहिचान गर्न सकिन्छ । भारतबाट आयातित माछा उस्तै आकारका देखिने गरी ग्रेडिङ गरिएका हुन्छन् । नेपाली माछा भने ग्रेडिङ गरेर बेच्ने चलन छैन । त्यसैले नेपालका माछा एकै ठाउँमा विभिन्न आकारका हुन्छन् । भारतबाट ल्याइएका माछा लामो समयदेखि रहेको र विषादीको प्रयोग गरिएका कारण आँखा गढेका हुन्छन् । नेपाली माछा केही समय पहिलेका मात्र हुने भएकाले आँखा चम्किला देखिन्छन् । त्यसैले उपभोक्ताले माछा किन्दा पैसा भन्दा पनि मानिसको स्वास्थ्यलाई ख्याल गरेर नेपालमै उत्पादित माछा किन्नु पर्ने नेपाली ब्यवसायीको सुझाव छ । 

सम्बन्धित समाचार

Facebook Comments