• ११ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

काठमाडौं, ७ चैत । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंकाे गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन्।

न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद र बिगो आठ लाख जरिवाना तोकी फरार रहेकी गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

Facebook Comments