• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
बर्दियामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

विष्णु अधिकारी, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आईतबार देखि शुरु भएको छ । गुलरिया नगरको सम्मान कृष्णसार संरुक्षण हाम्रो अभियान भन्ने मूलनाराका साथ बिजयादशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा प्रतियोगिता शुरु भएको हो । 


गुलरिया नगर ब्याडमिन्टन संघको आयोजनामा संचालित ब्याडमिन्टन प्रतियोगिता असोज २८ गते देखि कार्तिक १ गते सम्म गुलरियाको कभर्डहलमा संचालन भएको गुलरिया नगर व्याडमिन्टन संघले कार्यक्रममा जानकारी गराएको छ । कार्यक्रमको उद्घाटन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादब र बारबर्दिया नगरपालिकाका  नगरप्रमुख छबिलाल थारुले संयुक्तरुपमा व्याडमिन्टन खेलेर गर्नु भएको छ । खेलमा बर्दिया जिल्लाका आठवटै पालिकाका ब्याडमिन्टन खेलाडीहरु सहभागि रहने आयोजकले जनाएको छ । समग्र बर्दिया जिल्लाको ब्याडमिन्टन बिकासका लागि प्रतियोगिता गरिएको गुलरिया नगर खेलकुद बिकास समितिका संयोजक युवराज श्रेष्ठले वताउनु भयो । 


प्रतियोगितामा खुला तर्फ २० वटा समुह र ५० बर्ष भन्दा माथिका खेलाडीका लागि सुपर भेट्रान तर्फ १० वटा समूह सहभागी रहने छन् । खेलमा खुला तर्फ प्रथमलाई ५१ हजार र द्वितियलाई ३१ हजार नगद र भेट्रान तर्फ प्रथमलाई ३१ हजार र द्वितियलाई १७ हजार नगद प्रमाण पत्रसहितको पुरस्कार रहेको वताईएको छ । गुलरिया नगरपालिका स्थित कभर्डहलमा रहेको ब्याटमिन्टन कोडमा खेल हुनेछ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधी, ब्याडमिन्टन खेलप्रेमी र पत्रकारहरुको उपस्थिीती रहेको थियो । प्रतियोगितामा गुलरिया नगरपालिका र वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा खेल संचालन भैरहेको छ । 

 

सम्बन्धित समाचार

Facebook Comments