समाजसेवी शेरबहादुर भण्डारी सम्मानित
बर्दिया, ६ चैत्र । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ निवासी शेर बहादुर भण्डारीलाई सम्मान गरिएको छ । सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित वैद्यनाथ क्षेत्रमा आयोजित कोटिहोम महायज्ञमा भौतिक एवम् आर्थिक सहयोग पुर्याएकोभन्दै भण्डारीको गुलरिया स्थित निवासमा प्रमाण पत्र तथा दोसल्लाले सूदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले सम्मान पत्र हस्तान्तरण गर्नु भएको छ ।।
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ मा अवस्थित नेपालका मुख्य चारधामहरु मध्येको पौराणिक, धार्मिक, ऐतिहासिक पर्यटकिय दृष्टिले महत्वपूर्ण वैद्यनाथ क्षेत्रमा १४४ बर्षमा गरिने कोटिहोमका लागि भण्डारीले मन, बचन र कर्मले नगद ५१ हजार रुपैया सहयोग स्वरुप योगदान गर्नु भएको थियो । उहाँको सहयोगले वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संर्बद्धन, स्थानिय कला सँस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुगेको श्री वैद्यनाथ कोटिहोम, धर्म, सँस्कृति तथा पर्यटन प्रर्बद्धन समिति ०८० ले प्रदानित सम्मान पत्रमा उल्लेख गरेको छ ।
कोटिहोमका प्रमुख आचार्य प्राध्यापक भवानीप्रसाद खतिवडा, आचार्य विजयकृष्णमूर्ति जी महाराज बालयोगेश्वर, महासचिव देवराज उपाध्याय, अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, समितिका अध्यक्ष तथा अछाम १ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री शेरबहादुर कुँवरद्वारा सम्मान पत्र हस्ताक्षरित छ । कोटिहोम महायज्ञको फागुन महिनामा राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नु भएको थियो । समाजसेवी भण्डारी बर्दिया लगायत देशका विभिन्न सामाजिक एवम् धार्मिक क्षेत्रका सहस्र कार्यहरुमा निस्वार्थ सहयोगगर्दै आउनु भएको छ ।
२३ °C काठमाडौं
Facebook Comments