नवरात्रको अवसरमा बर्दियाको गुलरियामा रामलिला
बर्दिया । आईतबार घटस्थापनाको दिनदेखि गुलरियामा रामलिला गरिने भएको छ । प्रत्येक बर्ष गरिँदै आएको रामलिला यसबर्ष पनि घटस्थापनादेखि वडा दशैका दिनसम्म प्रर्दशन हुने भएको हो ।
बर्दियाको गुलरियाको बसपार्क स्थित आँपको बगैचामा रामलिला प्रर्दशन हुने गुलरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मनोज यादवले बताउनु भयो । परम्परागत रुपमा गरिँदै आएको रामको चरित्रमा आधारित नाट्य लिला यस बर्ष पनि भब्यताका साथ गर्दैछौं । उहाँले भन्नुभयो रामचरित्र मानस, बालकाण्ड, सुन्दरकाण्ड, रामायण लगायतका धार्मिक ग्रन्थमा आधारित लिला भारतीय कलाकारहरुले प्रस्तुत गर्दैछन् ।
रामलिलाको लागि गुलरिया नगरपालिका, वडा नम्बर ७ कार्यालय लगायत स्थानिय समुदायको आर्थिक सहयोगमा गरिन लागिएको अध्यक्ष यादवले बताउनु भयो । बगियामा बेलुकी देखि रामलिलाको नाट्य मञ्चन हुने र बडा दशैको टिकाको दिन रावण बध गरी नाटक पूर्ण हुनेछ । सनातन धर्म, सँस्कृति संरक्षणगर्दै युवा पुस्तालाई धार्मिक अनुष्ठान तर्फ अभिप्रेरित गर्ने उद्देश्यले परम्परागत रुपमा गरिँदै आएको रामलीलालाई निरन्तरण दिन लागिएको अध्यक्ष यादवको भनाई छ ।
२१ °C काठमाडौं
Facebook Comments