कर्णाली चिसापानी पुलको आवागमन सुचारु
बर्दिया, ५ चैत्र । लुम्बिनी प्रदेशको बर्दिया र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला जोड्ने पुर्वपश्चिम राजमार्ग अन्र्तगत रहेको कर्णाली चिसापानी पुलमा सवारी आवागमन सुचारु भएको छ । गत मंगलवार विरगंजबाट कञ्चनपुर तर्फ लाईटर बोकेर गैरहेको ना. ५ ख. ५२५७ नम्बरको मालबाहक ट्रकमा एक्कासी आगलागी भै पुलमा क्षती पुगेपछि सवारी साधन आवागमन रोकिएको थियो ।
सडक डिभिजन कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, अधिकारी लगायतको अनुगमन पश्चात आईतवार विहानदेखि पुलबाट एकतर्फी रुपमा आवागमन सुचारु गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।
पुलको एक साईडमा मर्मत सम्भार समेत गरिने भएकोले अर्को साईडबाट सवारी साधन निर्वाध रुपमा ओहोर दोहोर गर्न सक्ने प्रबन्ध मिलाएको उनले बताए । आगलागी पश्चात पुलमा क्षती पुगेपछि बर्दियाको राजापुर शक्तीघाट पुलहुँदै टिकापुरबाट आवागमन डाईभर्ट गरिएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments