• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
द्रुर्घटनाका कारकबन्दै बिच सडकका हाईमक्स लाईट

बर्दिया, ४ चैत्र । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                                        
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ स्थित हुलाकी राजमार्ग अन्र्तगत १२ नम्बर चोकमा हाईमक्स लाईट जडान भएको छ । लाईटका कारण सो क्षेत्रको १ सय वर्गमिटर क्षेत्रमा उज्यालो छाएको छ । नागरिकहरुलाई यसले सहज बनाएको छ । जुनकिरी जस्तै कम उज्यालो दिने बत्तीहरुलाई विस्थापितगर्दै रात नै दिन जस्तो देखिने गरी लाईट जडान भएको छ । साँघुरो चोक कालोपत्रे सडक फोडेर टावर जत्रै खडा गरिएको पोलको वरीपरी मर्मत सम्भार भएको देखिएन । जसका कारण ब्यस्त चोकको सडकमा द्र्रुघटनाको जोखिम उत्तिकै छ । विच सडकमा गाडिएको पोल द्र्रुघटनाको कारक बन्नेतर्फ सबैको ध्यान जानु आवस्यक छ । सम्वन्धित पक्षले यसतर्फ सजगता नअपनाएर जिम्मेवार नबनेको देखिन्छ ।

पछिल्लो समय लाईट जडान गर्ने होडवाजी नै चलेको छ । जिल्लाका अधिकांस पालिकाका चोक सडकहरुमा हाईमक्स लाईट सर्वत्र देख्न पाईन्छ । लाईट खरिद मुल्यमा कुनैपनि पालिकाको एक रुपता नभएको बुझिन्छ । प्रत्येक पालिकाले खरिद गरेका मुल्यहरु विच लाखौं रुपैयाको फरक रहेको पाईन्छ । लाईट एकदमै खर्चिलो मानिन्छ । विद्युतको विल समेत धेरै आउने गरेको पाईन्छ । यस्तो अवस्थामा पालिकाहरुले सोच्नुपर्ने आवस्यक छ । सडकहरु फोडेर पूर्वाधार निर्माण गर्दा त्यसबाट निम्तिन सक्ने जोखिम तर्फ सम्वन्धित निकायहरुको ध्यान जाओस् ।

सम्बन्धित समाचार

Facebook Comments