लक्ष्मणपुर फूटवलमा मटेरिया, उत्तरभकारी र बाँके युथक्लव विजयी
बर्दिया । तेश्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिताको दोश्रो दिन शनिवार ३ खेल भएको छ । पहिलो मटेरीया र भगरा बिच भएको खेलमा १/१ गोल बराबरी भएपछि ट्राईब्रेकरमा मटेरीयाले भगरालाई ३ बिरुद्ध ५ गोलले पराजित गरेको छ ।
दोस्रो उत्तरभकारी र बाँके चौधरीया गाँउबिच भएको खेलमा १ बिरुद्ध ३ गोलले बाँके चौधरीया गाँउलाई हराउदै उत्तरभकारी बिजय भएको हो । अन्तिम खेल बाँसगढी ११ नम्बर र पुलिस युथ क्लव बाँके बिच भएको खेलमा ० का बिरुद्ध ३ गोलले बाँके युथ क्लव बिजयी भएको आयोजकले जनाएको छ । आईतबार पनि ३ खेल हुने जनाईएको छ । जस्मा बाँसगढी अटो ग्यारेज र बढैया गाँउ बिच बिहान ११ बजे खेल हुनेछ । त्यस्तै दिउसो १ बजे सटहरीया र संखरीया बिच र दिउँसो ३ बजे अमोहिया र बेतहनी बिच फुटबल प्रतिस्पर्धा हुने आयोजक टिमले जनाएको छ ।
कला संस्कृति पर्यटन तथा खेलकुदको पहिचान, बिकास र समृद्धिमा बेलटारी युवाहरुको अभियान भन्ने मुल नाराका साथ बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा फुटबल खेलको आयोजना गरीएको हो । फुटबल खेलको मुख्य प्रायोजक बर्दिया डिष्टिलरी प्रा.ली बढैयाताल ४ बर्दियाका सन्चालक नर बहादुर वली रहनु भएको छ, भने सह प्रायोजकको रुपमा एन्जिला किराना पसल लक्ष्मणपुरका सन्चालक सुरज थारु र बेलटारी सामुदायिक बन उपभोक्त समुह बाँसगढी ४ र ५ लक्ष्मणपुर रहेको छ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार र दोश्रो हुने टिमलाई नगद रु २६ हजार पुरस्कारको ब्यवस्था गरीएको छ । फुटबल खेल कार्तिक ४ गते सम्म चल्ने छ ।
२३ °C काठमाडौं
Facebook Comments