• ११ वैशाख २०८३, शुक्रवार
  • २६ °C काठमाडौं
भगत नेपाली घटना प्रकरणमा संलग्न दोषीलाई कार्वाहीको माग 

मुरली गोडिया, ४ चैत । नेपाली कांग्रेस, बढैयाताल गाउँ सभापति भगत नेपाली माथी भएको घटनाका दोषीलाई कर्वाहीको मागगर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाईएको छ । फागुन २४  गते बिहान करिब ५ः३० बजेको समयमा कामको शिलशिलामा घरबाट नेपालगंज जाने क्रममा बढैयाताल गाउँपालिकाको मानखोला जंगल क्षेत्रमा पीछा गर्दै गएका २ वटा मोटर साईकलमा सवार नकावधारी अज्ञात ब्यक्तिहरुको आक्रमण गरी सभापति नेपालीलाई घाईते बनाएका थिए । 

अपरिचित नकावधारी ब्यक्तीहरुले ज्यान मार्ने नियतका साथ योजनावद्ध ढंगले बाटोमा रोकी छेकी आक्रमण भएको उक्त घटना प्रति नेपाली कांग्रेस बर्दियाले खेद व्यक्त गर्दै घोर भत्र्सना गरेको छ । नेपाली उपरको सांघातिक आक्रमण हुनु सिंगो नेपाली कांग्रेस पार्टी प्रति प्रहार भएको महसुस भएको ज्ञापन पत्रमा उल्लेख छ । घटनालाई गम्भिरतापूर्वक लिएर खोज अनुसन्धान प्रक्रिया नै अगाडि नबढाएको अवस्था छ । स्थानीय प्रशासनको यस किसिमको गैरजिम्मेवार कार्य शैलीप्रति नेपाली कांग्रेस, बर्दिया खेद व्यक्त गरेको नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले बताउनु भयो ।

घटनामा संलग्न दोषी–अपराधीहरुको पहिचान सहित आगामी १५ दिन भित्र तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कानुनी कारवाही गरी नागरिकहरुको स्वतन्त्र र निर्वाध रुपमा हिडडुल गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित रहेको वातावरण अनुभूत गराउन माग गरिएको छ । सभापति राठौरद्धारा हस्तक्षरित ज्ञापनपत्रमा निर्धारित समयावधीमा माग पुरा नभए नेपाली कांग्रेस बर्दिया सशक्त संघर्षमा होमिन बाध्य हुने उल्लेख गरिएको छ । आन्दोलनबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनु पर्ने ब्यहोरा समेत ज्ञापन पत्र मार्फत जनाइएको छ । 

फरक प्रसंग उल्लेखगर्दै नेपाल सरकारले बर्दियामा पर्याप्त मलखादको व्यवस्थापन गर्न नसक्दा बाध्यताबश किसानहरु छिमेकी मुलुक भारतबाट आफ्नो कृषि प्रयोजनका लागि एक बोरा मलखाद लिएर आउँदा पनि कृषकहरुले सिमा नाकामा रहेका सशस्त्र प्रहरी बल तथा जनपद प्रहरीहरुको निकै सास्ती व्यहोर्नु परेकोभन्दै जिल्लामा सरकारको तर्फबाट उपलब्ध गराउने रासायनीक मलखाद, बिऊबिजन र किटनाशक औषधीहरुको प्रर्याप्त एवं सर्वशुलभ तवरबाट बिक्री बितरणको ब्यवस्था मिलाउन समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments