शिक्षा तथा मानवस्रोत विकास केन्द्रको पत्रकारसँग छलफल
बर्दिया, ३ चैत्र । शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक सुरेश कुमार जोशीले शिक्षा क्षेत्रको समसामहिक बिषयमा बर्दियाका संचारकर्मीहरु सँग छलफल तथा भेटघाट कार्यक्रम गर्नु भएको छ । भेटघाटमा निर्देशक जोशीले शिक्षा क्षेत्रको बिद्यालय स्तरमा रहेको समस्या, चुनौती र समाधानका बिषयमा छलफल गरिएको हो ।
शिक्षा क्षेत्रमा रहेको प्रमुख समस्या तथा चुनौती, संघीय कानुनप्रति सरोकारवालाको अत्यधिक चासो, स्थानीय तहमा कर्मचारीको अपर्याप्तता र क्षमता विकास, शिक्षा विकास तथा समन्वय इकाईको ब्यबस्थापन, जनशक्तिको अभाव, श्रोत साधनको अपर्याप्तता, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलताको बिषयमा जानकारी गराउदै छलफल गर्नु भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्तगर्दै शिक्षा सम्बन्धी नीतिहरु, कार्यक्रम, समसमायिक गतिविधिका साथै शैक्षिक क्षेत्रमा भए गरेका कामहरुको सम्बन्धमा आवश्यक जानकारी प्रदान गर्नु भएको छ । सम्बन्धित सरोकार वालाहरुलाई सुसुचित गर्ने उद्देश्यले पत्रकार कासाथै शिक्षा श्रेत्रका प्रतिनिधिहरुसंग भेटघाट गरी छलफल गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र का निर्देशक जोशीको भनाई छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा कासाथै निःशुल्क माध्यमिक शिक्षा शिक्षामा समानता वारे प्रकाशपार्दै जोशीले नेपालमा शिक्षा क्षेत्रमा सुधार वारे भै रहेको प्रयास तथा समस्या र चुनौतीको वारेमा बताउनु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा वर्तमान अवस्थामा शिक्षा श्रेत्रमा भैरहेका बेतिथि र गर्न सकिने सुधारवारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासाको सवालमा आफ्नो धारणामा गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिस यादवले दिनु भएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments