जवाफदेहिता निगरानी समितिको संयोजकमा चापागाईं
काठमाण्डौं, २ चैत्र । द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवद्र्ध्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको आज बसेको वैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशिल अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् ।
त्यसैगरी वैठकले सहसंयोजकको जिम्मेवारी क्रमशः मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ । चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । कुईंकेल एमनेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्राध्यापक छिन् ।
निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो । वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेही विहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।
२६ °C काठमाडौं
Facebook Comments