• ११ वैशाख २०८३, शुक्रवार
  • २६ °C काठमाडौं
समाजमा मानवता हराउँदै गयो : मधुवन नगरप्रमुख भाट

बर्दिया, १ चैत्र । नेपाली समाजमा मानवता हराउँदै गएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बताउनु भएको छ । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको ५ औं साधारण सभालाई सम्बोधनगर्दै प्रमुख अतिथी भाटले मानिसले गरीवलाई चुसेर, ठगेर, लुटेर, भ्रष्टाचार गरेर मन्दिरहरुमा चन्दा दिने प्रचलन बढेको बताउनु भयो ।

भ्रष्टारको पैसा दान गरेर केही धर्म नहुने बताउँदै प्रमुख अतिथी भाटले मानवता बचाउन लाग्नुपर्ने बताउनु भयो । रेडक्रसले गरेको मानविय कार्यको सर्हनागर्दै मधुवन शाखामा लागेको तालावन्दी खोलेर अविलम्ब अधिवेशन सम्पन्न गर्न जिल्ला शाखालाई अनुरोध गर्नु भएको छ । मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्व ब्यापकताको नारासहित नेपाल रेडक्रस सोसाईटी मधुवन ख शाखाको कार्यालय प्रांगणमा आयोजित उद्घाटन शत्रमा संयोजन शाखाका अध्यक्ष अमर केसीले साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

रेडक्रस सोसाईटी मधुवन ख शाखाको संयोजन, जिल्ला शाखा बर्दियाको आतिथ्यता तथा लुम्विनी प्रदेश शाखाको आयोजनामा गरिएको सभामा लुम्बिनी प्रदेशका ११ जिल्लाका अध्यक्ष, कर्णाली प्रदेशका अध्यक्ष लगायत बर्दिया जिल्ला शाखाका पदाधिकारीहरु, पत्रकार, शाखा कर्मचारी लगायतको सहभागीता थियो । कार्यक्रमको उद्घाटन शत्रमा छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए । ख शाखामा रहेका कार्यसमितिलाई सम्मान गरिएको थियो । नृत्यांगनाहरुलाई पुरस्कृत गरिएको जनाईएको छ । बुधवार नेपाल रेडक्रस सोसाईटी लुम्विनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता भएको उद्घाटन शत्रको बिहिबार प्रतिवेदनसहित बन्द शत्र सम्पन्न भएको छ । लुम्विनी प्रदेशका महासचिव नवराज ढुँगानाले उद्घाटन शत्रको कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments