जातिय विभेद भुषको आगो जस्तै सल्किरहेको छ
संजय आचार्य, १ चैत्र, बर्दिया । दलित महिला र बालिकाको मानव अधिकार प्रर्वद्धन परियोजना अन्तर्गत एफजेएसको आर्थिक सहयोग र दलित महिला संघ बर्दियाको आयोजनमा बर्दियाका पत्रकारहरुसंग अन्र्तक्रिया गरिएको छ । बिहिबार दलित महिलाका सवाल र संचारकर्मीको भुमिका विषयमा अन्तरक्रिया गरिएको हो ।
दलित महिला संघ बर्दियाकी संयोजक हिमा सुनारले कार्यक्रममा सहजीकरणगर्दै जातिय भेदभाव भुषमा लागेको आगो जस्तै सल्की रहेको बताउनु भयो । यसले अर्को पुस्ता सम्म समेत असर पार्ने बताउँदै वर्तमान तिन तहको सरकार रहेको अवस्थामा स्थानिय सरकार बढी जिम्मेवार हुनु पर्नेमा उहाँको जोड छ । जतिय विभेद, लैङ्गिक हिंसा र चरम गरीबी गरी तेहेरो शोषणमा दलित महिला परेको प्रष्ट्याउँदै संयोजक सुनारले बर्दियामा जातिय भेदभाव बाहिरी रुपमा त्यती नदेखिएपनि भित्री रुपमा चरम रुपमा रहेको जानकारी दिनुभयो ।
दलित समुदाय माथी छुवाछुत नियन्त्रण गर्न समाजमा रहेका हरेक तप्काका व्यक्तिले आआफ्नो स्थानवाट सकारात्मक भूमिका खेल्न जरुरी देखिएको सहभागी पत्रकारहरुले बताए । कार्यक्रममा धर्म गुरुहरुविच व्यापक छलफल गर्नुपर्ने आवस्यकता औल्याईएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेसका कोषाध्यक्ष यमनाथ घिमिरेले दलित समुदायको उत्थानको लागि मिडियामा ब्यापक सचेतना आवस्यक रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ वर्दियाका अध्यक्ष यादव आचार्यले दलित समुदायमाथी रहेको गैर दलित समुदायको दृष्टिकोण परिवर्तत गर्न संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउँदै पत्रकारहरु दलित समुदायको न्यायका लागि सभै अग्रपंक्तीमा रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । अध्यक्ष आचार्यले बर्दियामा दलित समुदाय उत्थानको लागि मिडिया अभियानमा सहकार्य गर्न दलित महिला संघलाई सुझाव दिनु भएको छ ।
२६ °C काठमाडौं
Facebook Comments