तेश्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता शुरु
बर्दिया । तेश्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता शुक्रबारदेखि बाँसगढी ४ र ५ लक्ष्मणपुरमा सुरु भएको छ । कला संस्कृति पर्यटन तथा खेलकुदको पहिचान, बिकास र समृद्धिमा बेलटारी युवाहरुको अभियान भन्ने मुल नाराका साथ बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा फुटबल खेलको आयोजना गरीएको हो ।
बेलटारी युवा क्लवका अध्यक्ष चित्र बहादुर खत्रीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँसगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्का, बिशेष अतिथि बाँसगढी नगर पालिकाका पुर्व मेयर शालिकराम अधिकारी, पुर्व उपमेयर सुस्मा चौधरी रहनु भएको थियो । अतिथिहरुमा ४ नम्बरका वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला, जिल्ला खेलकुद बिकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्र पुनमगर, ने.रा.मा.बि. विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपाल खड्का, ने.रा.मा.बि.का प्रा.अ.अर्जुन प्रसाद तिवारी लगायत बिज्ञापन दाता, फुटबल खेलाडी, खेल प्रेमी र लक्ष्मणपुर गाँउबासीको सहभागी थिए ।
पहिलो दिनको उद्घाटन खेल आयोजक टिम बेलटारी युवा क्लव लक्ष्मणपुर बि टिम र बठुवाताल बिच भइरहेको छ । फुटबल खेलको मुख्य प्रायोजक बर्दिया डिष्टिलरी प्रा.ली बढैयाताल ४ बर्दियाका सन्चालक नर बहादुर वली रहनु भएको छ । सह प्रायोजकको रुपमा एन्जिला किराना पसल लक्ष्मणपुरका सन्चालक सुरज थारु र बेलटारी सामुदायिक बन उपभोक्त समुह बाँसगढी ४ र ५ लक्ष्मणपुर रहेको छ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार र दोश्रो हुने टिमलाई नगद रु २६ हजार प्रायोजनको ब्यवस्था गरीएको छ । खेल कार्तिकको ४ गते सम्म संन्चालन हुने आयोजक टिमले जनाएको छ ।
२३ °C काठमाडौं
Facebook Comments