मातापिताको पूण्य तिथिका अवसरमा शैक्षिक सामाग्री
संजय आचार्य, १ चैत्र, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ८ सुरजपुर स्थित श्री बाल विद्यामन्दिर आधारभूत विद्यालयमा वुवा आमाको सम्झनामा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । स्थनिय हिम बहादुर पुनले आफ्ना बुवा आमाको पुण्य तिथीको अवसर पारेर कापी, कलम, पेन्सील, चेस, ब्याडमिन्टन, फुटवल, भलिवल लगायतका खेलकुद सामार्गी विद्यार्थीहरुलाई उपलब्ध गराउनु भएको हो ।
आफ्नी ममतामयी मातापिता स्वर्गिय नैना कुमारी पुन र गोर्बद्धन पुनको बार्षिक पुण्य तिथीको अवसरमा आफु लगायत आफ्ना दिदी बैनीको सहयोगमा शैक्षिक सामाग्री वितरण गरेको हिम बहादुर पुनले बताउनु भयो । समय र अवसर मिले आगामी बर्ष विद्यालयमा अक्ष्यय कोष स्थापना गर्ने विचार सुनाउनु भयो । शैक्षिक सामाग्री वितरण कार्यले विद्यालयमा शैक्षिक सामग्री तथा खेलकुद सामग्रीले विद्यार्थीलाई थप प्रोत्साहन मिलेको विद्यालयका प्रधानाध्यापक दीपबहादुर घर्तीले बताउनुभयो । यस्ता सामाजिक कार्यले समाजमा राम्रो सन्देश दिने प्रअ घर्तीको भनाई छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा धारणा राख्दै गुलरिया नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाओस भन्दै समाजमा हरेक ब्यक्तिले विना कामको खर्च गर्नु भन्दा परोपकारका काममा सहयोग गरे धेरै राम्रो हुने उहाँको भनाई छ । कार्यक्रममा वडा सदस्य मनोज न्यौपाने, पुनका परिवारका सदस्यहरु, संचारकर्मी लगायत विद्यालयका शिक्षक हरुको सहभागीता रहेको थियो ।
२७ °C काठमाडौं
Facebook Comments