• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
बगलामुखी मंदिर समितिद्वारा शिवरात्री पर्वको आयब्यय सार्वजनिक

संजय आचार्य, ३० फागुन, बर्दिया । बगलामुखी मन्दिर व्यवस्थापन समितिले शिवरात्रीमा गरिएको खर्चको आयब्यय प्रस्तुत गरेको छ । मन्दिर ब्यवस्थापन समितिले फागुन २५ गते महा शिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा अवस्थित पिताम्वरेश्वर महादेव स्थानमा एकादश ब्राम्ह्णद्वारा लघुरुद्री, पुजा अर्चना, भजन किर्तन लगायत विविध कार्यक्रम आयोजना गरेको थियो । 

पर्वका अवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई भण्डाराको समेत व्यवस्था गरिएको बगलामुखी मन्दिर ब्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले बताउनु भयो । बुधवार पत्रकार मार्फत आयब्यय सार्वजनिकगर्दै शिवरात्री व्यवस्थापन समितीका संयोजक विष्णु प्रसाद अधिकारीले कार्यक्रममा भएको खर्च विवरण प्रस्तुत गर्नु भएको छ । 
समितीले चन्दा मार्फत १ लाख ८१ हजार ३ सय ३५ रुपैया रकम संकलन गरेकोमा १ लाख ६९ हजार ५ सय ४० रुपैया कार्यक्रममा खर्च भएको अधिकारीले जानकारी दिनुभयो । गुलरिया नगरपालिका वडा नं ६ बाट ३० हजार रुपैया शिवरात्रीका लागि दिने निर्णय भएको उहाँको भनाई छ ।

स्थानिय दाताहरु दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थ लिमिटेड तुल्सीपूर ाट २० लिटर दुध, गुरुङ्ग जनरल स्टोरबाट ३० लिटर दुध, स्थानीय प्रमेस यादववाट १० केजी पिठोका साथै डेरी बाजेबाट २ हजार ५ सय बरावरको पानी जार÷गिलास सहयोग भएको संयोजक अधिकारीले बताउनु भयो । बगलामुखी मंदिर ब्यवस्थापन समितिका उपाध्यक्ष शुभाष कुमार पोखरेलले मन्दिरको प्रर्बद्धनमा सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङ्गानाले महाशिवरात्री पर्वलाई भव्य रुपमा सम्पन्न गर्नका लागी सहयोग गर्ने गुलारिया नगरपालिका, विभिन्न निकायका सुरक्षाकर्मी लगायत हृदय देखी दान दिनुहुने दाता हरुलाई धन्यवाद दिनु भयो । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले आस्थाको धरोहर बगलामुखी मन्दिर ब्यवस्थापनको प्रणालीलाई बृद्धिगर्दै लैजानुपर्ने सुझाव दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments