• ११ वैशाख २०८३, शुक्रवार
  • २८ °C काठमाडौं
विभिन्न ६ बुँदे मागराख्दै नेपाल पुर्व प्रहरी संगठन अन्दोलित

मुरली गोडिया, २४ फागुन, गुलरिया (बर्दिया) । नेपाल पुर्व प्रहरी संगठन बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दिया मार्फत नेपाल पूर्व प्रहरी संगठनको संरक्षक एवं प्रहरी महानिरिक्षक नेपाल प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न ६ बुँदे मागराख्दै संगठनले विहिबार ज्ञापनपत्र बुझाएको नेपाल पुर्व प्रहरी संगठन बर्दियाका अध्यक्ष टंक थापाले जानकारी गराउनु भयो । 

आफ्नो वर्ग माथि प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिले घोर अन्याय गरेको छ भन्ने ठहर गर्दै सो समितिको कार्य प्रणाली तथा व्यवस्थापनको विरोधमा प्रहरी कल्याणकोषको न्यायोचित वितरण गर भन्ने नाराका साथ सो व्यवस्थापनको विरोधमा देशव्यापी आन्दोलन र विरोध कार्यक्रमहरू अघि बढाउने केन्द्रिय निर्णय अनुरुप ज्ञापन बुझाईएको अध्यक्ष थापाले बतउनु भयो ।  आन्दोलनरत संगठनले प्रहरी कल्याणकोषको संरक्षक मोतिलाल वोहराको समय बि.सं. २०४९ फागुन देखि संरक्षक रविन्द्र प्रताप शाहको समय बि.सं. २०६९ भाद्र सम्मको कल्याणकोषको आय व्ययको हिसाब किताब नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गर्न पहिलो माग गरेको छ । 

यस्तै कल्याण कोषको रकमबाट कल्याणकारी कार्यमा रकम विनियोजित गर्दा मूल धनबाट भएको वा हुने बचतको (कम्तीमा बैंक व्याजका आधारमा) ४०% बहालका प्रहरीहरुको लागि खर्च गर्ने, ४०% पूर्व प्रहरीहरुका लागि खर्च गर्ने र २०% आय मूलक कार्यमा खर्च गर्ने नितिगत निर्णय गरि सो निर्णय कार्यन्वन गर्नुपर्ने, प्रहरी कल्याणकोष संचालक समितिमा ४०% प्रतिनीधित्त्व पूर्व प्रहरी संगठनबाट वा पूर्व प्रहरीहरुबाट हुने व्यवस्था गर्नुपर्ने, प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजना अन्तर्गतका व्यापारीक कामहरु पूर्व प्रहरी संगठनलाई हस्तान्तरण गर्नुपर्ने, प्रहरी संगठनले व्यापार नगरोस्, भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

सगठनका राष्ट्रिय अध्यक्ष बसन्तराज कुँवरद्धारा हस्तक्षरित ज्ञापनपत्रमा नेपाली सेनाको के. पूर्व प्रहरीहरुको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा अफिस सहित २ जना पूर्व प्रहरी पदाधिकारीहरुलाई र हरेक प्रदेशमा १÷१ जना पदाधिकारीहरुलाई पूर्व दर्जा अनुसारको सेवा सुविधा दिई, निजहरुलाई सहयोग गर्न बहालका प्रहरीहरु समेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने र प्रहरीका अमर सहिद परिवारका संन्ततीका लागि १०% र प्रहरी परिचर देखि ब.प्र.ना.नि. दर्जा सम्मका पूर्व प्रहरीहरुका सन्ततीहरुका लागि ५% नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने भन्दै ६ वटा मागहरु अघि सारिएको छ । 

यस्तै “यी मागहरु ३५ दिन भित्र पूरा गर्न अल्टिमेटम दिईएको छ । समय सिमा भित्र माग पूरा नगरिएमा वा त्यस तर्फ सन्तोषजनक मनासिव कदम नचालिएमा, नेपाल पूर्व प्रहरी संगठनले आफु माथि संरक्षकबाट न्याय नगरिएको निष्कर्ष निकाल्दै प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको काम कारवाहि विरुद्ध देश व्यापी विरोध कार्यक्रमका साथै कानूनी, प्रशासनीक र दवाव मूलक कार्यक्रमहरु समेत अगाडि विज्ञप्ती द्वारा जानकारी गराईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments