• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
स्थानीय सरकारका कर्मचारीहरु आन्दोलनमा 

विष्णु अधिकारी, गुलरिया (बर्दिया) । बर्दियाका स्थानियपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तहका कर्मचारीहरुले कार्यालयको मुलद्वारमै बसेर विरोध प्रदर्शन गरेका छन् । 


संघिय निजामती सेवा ऐनमा ३ वटै तहमा कार्यरत कर्मचारीहरुलाई एकै किसिमका सेवा सुविधा समावेश गरी ऐन जारी गर्न स्थानीय तहका कर्मचारीहरु विगत १२ दिन देखि आन्दोलीत छन् । स्थानीय तहका कर्मचारीहरुले संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरी स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहनु पर्ने भनी माग गरेका छन् । 


कर्मचारीहरुले विना सहमती ७ सय ५३ स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गर्नुपर्ने र समान वृद्धि विकासको व्यवस्थाका लागि आन्दोलनमा उत्रन परेको गुलरिया नगरपालिकाका कर्मचारी कपिल घिमिरेले बताउनु भयो । घिमिरेले आफ्ना ११ सुत्रिय माग सम्बोधन गरेर मात्र संघिय निजामती ऐन लागु गर्नका लागि आन्दोलन गरेकोले माग पुरा गर्नेतर्फ राज्य उदासिन देखिएमा थप सशक्त आन्दोलन गर्न पछि नपर्नेमा जोड दिनु भयो । 


गुलरिया नगरपालिकाका कर्मचारीहरुले कलम र माउस बन्द गर्दा स्थानीय तहमा सेवा लिन आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानीय तहका कर्मचारीहरुले सरकारले आफ्ना मागहरुको सुनवाई गर्ने बातावरण नबनाए सम्म आन्दोलन जारी राख्ने नगरपालिकाका आन्दोलनरत कर्मचारीहरुको भनाई रहेको छ । बर्दियाको गुलरिया लगायत मधुवन, राजापुर, ठाकुरबाबा, बाँसगढी, बारबर्दिया, बढैया र गेरुवाका कर्मचारीहरु आन्दोलित बनेका छन् । विगत केहि महिना देखि शिक्षक, कर्मचारीहरु आ–आफ्नो माग लिएर आन्दोलीत हुदा बालबालिका तथा नागरिकहरु मर्कामा परेका छन् । 

सम्बन्धित समाचार

Facebook Comments