करदातासेवा कार्यालय गुलरियाद्वारा बजार अनुगमन
संजय आचार्य, २३ फागुन, बर्दिया । वर्दियाको बारवर्दिया नगरपालिकाको बजार क्षेत्रमा करदाता सेवा कार्यालय गुलरीयाले बजार अनुगमन गरेको छ । मंगलवार बारवर्दिया नगरपालिकाको जयनगर, वैदी, मगरगाडी र वाँसगढी नगरपालिकाको लक्ष्मणा लगायतका पसलहरुमा अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा २० जना व्यापारीहरु जरीवानामा परेका छन । करदाता सेवा कार्यालयका अनुसार कतिपय पसलहरु कर कानुनको पालना नगरी चलाइको पाइएको छ । मदिरा पसल, होटल, हार्डवेयर, फेन्सी पसल, इलेक्ट्रोनिक पसलका साथै किराना पसलहरुमा अनुगमन गरिएको करदाता सेवा कार्यालय गुलरियाका कर अधिकृत शेरनाथ योगीले बताउनु भयो । हामीले पसल दर्ता नगरी चलाएको, विल विजक दुरुस्त नराखी विल विजक प्रयोग नगरेका २० जनालाई सामान्य जरीवाना गरेका छौं ।
कर कानुनको पालना गरी कारपाटीको प्रयोग, खारिद विक्री खाता, स्टक खाता राख्नुका साथै व्यवसायी हरुले विल विजक जारीगर्दै व्यवसाय संचालन गर्न सुझाव दियौं । व्यवसायी हरुमा कर शिक्षाको कमीले गर्दा केही छुटफुट गल्ती सेमेत देखिएको छ । कतीपय स्थानमा व्यबसायीले कर बारे जानकारी गराइदिन अनुरोध गरेका थिए । स्थानीनले समय समयमा दैनिक जिवनमा प्रयोग हुने नुन तेल पिठो, चामल लगायतका खाद्य बस्तुको अनुगमन गर्ने सुझाव दिएको अधिकृत योगीको भनाई छ । इलाका प्रहरी कार्यालयको सहयोगमा करदाता सेवा कार्यालयका चार जनाको टोलीले अनुगमन गरेका हुन् ।
२८ °C काठमाडौं
Facebook Comments