• २९ मंसिर २०८१, शनिवार
  • ४ °C काठमाडौं
नेकपा एसका अध्यक्ष माधव नेपाल बर्दिया आउँदै

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बर्दिया आउने भएका छन् । काँकरभिट्टाबाट शुरु गरिएको मेची महाकाली समाजवादी जागरण अभियानका क्रममा असोज २४ गते बुधबार अपरान्ह ३ बजे बर्दिया आउने भएका हुन् ।


अध्यक्ष नेपालसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुषाल, बर्तमान मन्त्रीहरु लगायत १३० जनाको टोली बर्दिया आउने प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन बर्दियाका अध्यक्ष प्रताप कुमार गौतमले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ । बर्दियाको गुलरिया स्थित राधाकृष्ण चोकमा कोणसभा हुने बताईएको छ । 


टोली बिहिबार राजापुरमा आयोजित सभामा सहभागी हुने कार्यक्रम रहेको छ । असोज २९ गते कर्णाली प्रदेसको सुर्खेतमा पुगी कार्यक्रम समापन हुने अध्यक्ष गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अभियान मार्फत समाजवादी ब्यवस्थामा जनताका अपेक्षा साकार पार्नेगरी राष्ट्रियता, जनजीविका, रोजगार, शिक्षा, स्वास्थ्य र सुशासनका सवालहरुमा सरल, सहज र प्रभावकारी पहुँचको लागि सरकारलाई रचनात्मक जनदवाव सिर्जना गर्ने अपेक्षा पार्टीले लिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments