• ११ वैशाख २०८३, शुक्रवार
  • २८ °C काठमाडौं
प्राध्यापकका संगठनद्वारा बबई बहुमुखी क्याम्पस बर्दियामा गरेको तालाबन्दी अझै खुलेन

बर्दिया, २१ फागुन । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपतीले प्राध्यापक नियुक्तीमा मनोमानी गरेकोभन्दै बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियामा दुई दिनदेखि लगाईएको तालाबन्दी अझै खुलेको छैन । बबई बहुमुखी क्याम्पस अन्र्तगतका प्रजातान्त्रिक प्राध्यापक संघ ईकाइ समिति, नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठन ईकाइ समितिले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरणगर्दै आईतबार तालावन्दी गरेका थिए ।

उपकुलपतीले आफ्नै निवासमा आफ्नो कोरम पुग्नेगरी शिक्षक कर्मचारीको प्रतिनिधित्व गर्ने सदस्यलाई उपस्थित हुन नदिई अन्तिम बैठकबाट स्वार्थ केन्द्रित करार नियुक्ती, सरुवा, बढुवा एवम् अन्य निर्णयहरु गरिएको प्रति ईकाई समितिहरुले ध्यानाकर्षण गरेका छन् । आंशिक शिक्षकहरुको दैनिक पिरियड लोड बढी हुँदा समेत करारको प्रकृया क्याम्पस प्रशासनले अघि बढाउन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्रमा आशिक शिक्षकहरुलाई अविलम्ब करारमा नियुक्तिको ब्यवस्था गर्न माग गरिएको छ । आफूहरुको मागप्रति वेवास्ता गरिए आउने सम्पूर्ण मारिणामको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने ध्यानाकर्षण पत्र मार्फत चेतावनी दिईएको छ ।

ध्यानाकर्षण पत्र :

 

सम्बन्धित समाचार

Facebook Comments