शैक्षिक बिकासमा फड्कोमार्दै ठाकुरबाबा नगरपालिका
यादव आचार्य, २१ फागुन, बर्दिया । बर्दियाको पर्यटकिय गन्तब्य बर्दिया राष्ट्रिय निकुञ्जको काखमा रहेको ठाकुरबाबा नगरपालिकामा माध्यमिक शिक्षा अध्ययनका लागि पैसा नभएर नरोकिने भएको छ । नगरले शैक्षिक उन्नयनमा अधिकतम बजेट विनियोजन गरेसँगै विद्यार्थीहरुले १० कक्षा सम्म कुनै शुल्क तिर्नुपर्दैन ।
देशकै उत्कृष्ट पर्यटकिय गन्तब्य सम्म पुग्ने सडक सञ्जाल लगायतका भौतिक पूर्वाधार विकाससँगै पालिकाले समग्र शिक्षा क्षेत्रमा मात्र ३४ दशमलव २ प्रतिशत रकम विनियोजनगर्दै आएको छ । शिक्षा क्षेत्रमा पालिकाको कुल बजेट मध्येबाटै अधिकतम बजेट छुट्याएपछि शैक्षिक क्षेत्रमा ठूलै परिवर्तन आउने अनुमान पालिकाले गरेको छ । पालिकाले ०७९ सालदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा कायमगर्दै प्राथमिकतामा राखेर कामगर्दै आएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । विद्यालयमा तहगत र बिषयगत शिक्षकको दरबन्दी मिलान गरेका छौं । ५ बर्ष समयावधि पुगेका शिक्षकहरुलाई पालिकाकै अर्को विद्यालयमा सरुवा गर्ने प्रणाली विकास गर्यौं ।
नगरप्रमुख लम्सालले भने, हामीले शिक्षक बैंक स्थापनाको अवधारणसँगै संचालन गर्यौ यसले लामो समय सम्म विद्यालयमा शिक्षक अभाव रहने समस्या टरेर गएको छ । शैक्षिक गुणस्तर बृद्धिगर्दै थप उचाईमा पुर्याउने तैयारीका साथ लागि रहेका छौं । शैक्षिक विकासमा शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानियको साथ र सहयोग पाएका छौं । उनले अगाडी थपे, विद्यालय शिक्षा स्थानिय सरकारको मातहतमा रहेकाले पनि शैक्षिक गुणस्तर माथी उठाउँदै सर्वसुलभ शिक्षाको लागि हामी लागी परेकाछौं । पर्यटकिय नगरी भएकाले पनि विविध क्षेत्रमा हामीले ध्यानदिदै आएका छौं । पुर्वपश्चिम राजमार्गसँग जोडिएको निकुञ्जको काखमा रहेको पालिकाको भौतिक, शैक्षिक, सामाजिक लगायत आर्थिक बिकासमा अघि बढ्न खोजेपनि पालिकाभरी बन्यजन्तु र मानवविचको द्वन्दले चिन्ता थपिदिएको छ ।
यावत समस्यासँग गुज्रीरहेको अवस्थामा समेत शैक्षिक क्षेत्रमा देशैभरका पालिकाहरु मध्ये उदारहणीय कार्य गरेकोभन्दै शिक्षा पत्रकार समूहले रजत जयन्तीका अवसरमा ठाकुरबाबा नगरपालिकालाई सम्मान गरेको छ । शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनौट समितिका संयोजक प्राध्यापक डाक्टर विद्यानाथ कोईराला र शिक्षामन्त्री अशोककुमारले काठमांडौमा आयोजित एक कार्यक्रमका बिच पालिकालाई सम्मान पत्र प्रदान गरेको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए । सम्मानसँगै पालिकालाई शैक्षिक क्षेत्रमा थप काम गर्ने जिम्मेवारी थपिएको उनको भनाई छ ।
२८ °C काठमाडौं
Facebook Comments