बर्दियाका अब्यवस्थित विद्युतिय पूर्वाधारहरु
बर्दिया, २० फागुन । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बाईपास सडक खण्ड (सन्तोषी टोलहुँदै थारुसंग्राहाल तर्फबाट सुहेलवा जोड्ने सडक) मा विद्युतका पोलहरु अब्यवस्थित ढंगले गाडीएका र गडेका पोलहरु पनि ढल्केको अवस्थामा पायौं । सोक्षेत्र बाढी प्रभावित भएकाले पनि पटक पटकको बाढीका कारण त्यस्तो अवस्था आएको देखिन्छ । कतिपय पोलहरुमा विद्युतको मेन लाईन तानेको र भुईमा तार लत्रेको, टुटेको अवस्थामा छ । यो त प्रतिनिधि दृश्य मात्रै हो । जिल्लाका कतिपय पालिकाहरुमा विद्युतीय पोलहरुको अवस्था राम्रो छैन ।
आँधीहुरीका बेला तारहरु हल्लिएर आपसमा ठोकिने भएकाले पनि आगलागीको जोखिम उत्तिकै छ । पालिकाका मुकामहरुका विद्युतिय पूर्वाधारका संरचनाहरु दयनिय देखिन्छन् । पोलहरु खस्न लागेको तारहरु तत्रिएको अवस्था भएकाले पनि यसको ब्यवस्थापन जरुरी देखिन्छ । लामो समयदेखि यस्तो अवस्था भैरहँदा समेत सम्वन्धित निकायले मर्मत सम्भार एवम् ब्यवस्थापनको लागि कुनै पहल नगरेको देखिन्छ । ढल्केका पोल कुनैपनि बेला खस्दा मानविय क्षती निम्तन सक्ने प्रवल सम्भावना भएकाले पनि त्यस तर्फ सम्वन्धित निकायको ध्यान अविलम्व जाओस् ।
२० °C काठमाडौं
Facebook Comments