• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बारबर्दियामा पौराणीक बृहत थारु साँस्कृति लोकनृत्य

हरि गुरुङ, मधुवन (बर्दिया) । बारबर्दिया नगरपालिका वडा नम्बर ५ बर्दियामा राष्ट्रिय थारु कलाकार मंच जिल्ला कार्य समितिद्वारा “भाषा संस्कृति ओ साहित्य संरक्षण करी, पुर्खनिया कलाशीप लाव पुस्ता हे हस्तान्तरण करि“ भन्ने मुल उदेश्यका साथ बृहत साँस्कृतिक कार्यक्रम गरिने भएको छ । असोज २६–२७ गते पौराणीक लोकनृत्य प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । 


राष्ट्रिय थारु कलाकार मंच जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष प्रदेशी थारु (दर्पण) ले पत्रकार सम्मेलन मार्फत गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाबाट ६० वटा निशुल्क साँस्कृतिक झाकी नाच प्रस्तुत गराईने जानकारी दिनुभयो । थारु नाचको ३ बिधा छनौट गरि ३ वटा  समुहलाई २० हजार रुपैयाका दरले पुरस्कार गरिन छ । सहभागी समुहलाई समेत पुरस्कृत गरिनेछ भने बर्दियाली ४० जना थारु कलाकारहरुले आ–आफ्नो कला प्रस्तुति गर्ने अध्यक्ष थारुले बताउनु भयो ।
आदिवासी जनजाति समुदायमा रहेका पौराणिक लोककलाको संरक्षण गर्न अभिप्रेरितगर्दै प्रोत्साहन गर्ने तथा बर्दिया जिल्लामा रहेका ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक स्थलहरुको प्रचारप्रसार गर्ने कार्यक्रमको लक्ष्य छ ।

साथै स्थानीय रैथाने खानपानको व्यवसायिकरण गर्न टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका उपाध्यक्ष सुनिता चौधरीले जानकारी दिनुभयो । कार्यक्रमको अनुमानित १२ लाख रुपैयाँ लागत रहेको राष्ट्रिय थारु कलाकार मंच जिल्ला कार्यसमिति बर्दियाका कोषाध्यक्ष संगिता थारुले बताउनु भएको छ । राष्ट्रिय थारु कलाकार मंच जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा हुने कार्यक्रम पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा सम्पन्न हुने पत्रकार सम्मेलनमा बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments