• ११ वैशाख २०८३, शुक्रवार
  • २८ °C काठमाडौं
शिक्षका माग ऐनमा समावेश गराउन नेपाल शिक्षक संघको सक्रियता

बर्दिया, २० फागुन । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको पाँचौं प्रतिनिधी सभा १३ बुँदे कोहलपुर घोषणापत्र जारीगर्दै बाँकेको कोहलपुरमा शनिबार सम्पन्न भएको छ । नेपाल शिक्षक संघको विधान अनुरूप स्थानीय तह र जिल्लाहरुको प्रतिनिधी सभा सम्पन्न गरी आयोजित प्रतिनिधि सभाले शिक्षा क्षेत्रको विकास, शिक्षकको पेशागत, हकहित, क्षमता अभिवृद्धिका लागि “हाम्रो विद्यालय, हाम्रो पहिचान“ अभियान संचालन गरी विद्यालय शिक्षाको सुधार र साँगठनिक सुदृढिकरणका लागि विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

लुम्विनी प्रदेशका १२ वटै जिल्लाका १ सय ९ वटै स्थानीयका अध्यक्ष, पदाधिकारी एवम् प्रतिनिधीहरुको सहभागिता रहेको प्रतिनिधी सभाको शुक्रबार उद्घाटनगर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल शिक्षक संघ, संघीय कार्य समितिका अध्यक्ष सोमनाथ गिरीले शिक्षक समुदायले उठान गरेका मागहरु समावेश गरी शिक्षा र शिक्षा क्षेत्रमैत्री संघीय शिक्षा ऐन तत्काल जारी गराउनका लागि शिक्षक संघ क्रियाशिल रहेको विचार व्यक्त गरे । कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्य समितिका उपाध्यक्ष धनकला भण्डारी र प्रेमनारायण भण्डारी, महासचिव ज्ञानेन्द्र रावल, नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य लगायतका वक्ताहरुले शिक्षकको  आन्दोलन मार्फत उठान गरेका विषयबस्तुहरु समावेश गरी संघीय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने धारणा राखेका छन् ।

प्रतिनिधी सभाले अध्यक्ष लालप्रसाद पंगेनीद्वारा प्रस्तुत नितीगत अवधारणा पत्र, उपाध्यक्ष सीता शर्मा गौतमद्वारा प्रस्तुत महिला विभागको प्रतिवेदन, महासचिव यज्ञ नेपालद्वारा प्रस्तुत साँगठनिक प्रतिवेदन एवम् महासचिव (अर्थ) श्रृजना पण्डितद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रतिनिधी सभाको अवसरमा साँगठनिक गतिविधीका आधारमा नेपाल शिक्षक संघ पाल्पालाई उत्कृष्ट जिल्लाको रुपमा, उत्कृष्ट महिला विभागको रूपमा नेपाल शिक्षक संघ दाङलाई र सहकारी प्रर्बद्धनका लागि कपिलवस्तु जिल्लालाई सम्मान गरिएको छ । 

त्यसैगरी लुम्बिनी प्रदेशको उत्कृष्ट माध्यमिक विद्यालयको रुपमा शान्ति नमूना मा.वि. मणिग्राम, रूपन्देहि, शिवशक्ति आ.वि. कोहलपुर र उत्कृष्ट महिला प्रधानाध्यापकको रूपमा शुक्र मा.वि. तारातालका प्रधानाथ्यापक एलिजा जि.सीलाई सम्मान गरिएको छ । प्रतिनिधि सभाको अवसरमा कोहलपुर नगरपालिकाको मुख्यचोक सरसफाई गरिनुका साथै रक्तदान कार्यक्रम समेत गरिएको थियो । प्रतिनिधी सभा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजना र नेपाल शिक्षक संघ बाँकेको आतिथ्यतामा संचालन गरिएको नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले जानकारी गराएका छन् । 

सम्बन्धित समाचार

Facebook Comments