• ११ वैशाख २०८३, शुक्रवार
  • २९ °C काठमाडौं
बेपत्ता परिवारका महिलालाई सामाजिक प्रभावसँगै आर्थिक संकट

मुरली गोडिया, २० फागुन, गुलरिया (बर्दिया) । द्वन्दकालमा बलपुर्वक बेपत्ता पारिएका पुरुषका श्रीमतिहरुलाई सामाजिक प्रभावसंगै आर्थिक संकट परेको बताइएको छ । घर परिवार सम्हाल्ने जिम्मेवारीमा रहेका मुख्य व्यक्तिलाई बलपुर्वक बेपत्ता पारिंदा एकाएक महिलामा तेहेरो प्रभाव परेको पाइएको हो । 

देशमा शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि बेपत्ताका परिवारकाहरुको अवस्था अज्ञात छ । सत्य तथ्य सार्वजनकि नहुँदा परिवारका महिला सदस्यलाई समाजिक प्रभावसंगै समस्याले पिरोली रहेको छ । राज्यले बेपत्ताहरुको सत्य तथ्य अवस्था सार्वजनिक नगर्दा महिलाहरुले विभिन्न समस्या र लान्छनाको सामना गर्नु परेको बताएका छन । आफुलाई बेपत्ता श्रीमानको क्रिया गर्ने सामाजिक रुपमा दबाब आउने गरेको बताउछन् । महिलाहरु भन्छन् कसरी क्रिया गर्ने ? आत्माले मान्दैन तशर्थ छिटो भन्दा छिटो राज्यले नै सत्य तथ्य सार्वजनिक गर्नुपर्ने ठाकुरबाबा नगरपालिका ८ बर्दियाकी जयन्ती शाहीले बताईन । वि.स.ं २०५९ सालमा श्रीमानलाई बेपत्ता बनाईएको बाँसगढी नगरपालिका–९ माछागढकी गौरी थारुले बताईन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता पारिएपछि धेरै असहजता भयो । उनले भनिन्, खर्चको अभाव हुँदा आफुले छोरा छोरीलाई पढाउन सकिन, जसले गर्दा छोरा बेरोजगार भयो । 

घरमा कमाउने मुख्य मान्छे बेपत्ता पारिएपछि महिलाहरु आर्थिक, सामाजिक र मनोबैज्ञानिक रुपमा धेरै प्रभाव परेको बेपत्ता परिवारका महिलाहरुको भनाई छ । कमाउने मान्छे गुमाउँदा आर्थिक स्थितीमा कमजोर भएर छोरा छोरीलाई राम्रो शिक्षा, स्वास्थ्य र पालन पोषण गर्न नसकेको गौरीले दुःखेसो पोखिन् । वेपत्ता परिवारका सदस्यलाई समाजमा पनि फरक दृष्टिकोणले हेर्ने गरेको महिलाहरु सुनाउँछन् । श्रीमान्को खोजी गर्दा र न्यायको लागि हारगुहार गर्दा राज्यले सत्य तथ्य सार्वजनिक गर्दैन । कति महिलाहरु त रातभरि आफन्तको सम्झनामा आँसु बगाउँदा बगाउँदै मानसिक रुपमा असर परेको पाइन्छ । घरमा भएका दुवै दाजुभाई वेपत्ता भएपछि निक्कै समस्या भएको बेपत्ताकी श्रीमती जानकारी थारुले सुनाईन । घरमा बुवालाई समेत आफैले रेखदेख गर्नुपरेको र समाजमा विभिन्न सामाजिक, आर्थिक समस्या झेल्दै आएको गेरुवा गाँउपालिका ३ बर्दियाकी जानकी थारुले सुनाईन ।

ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर (मानव अधिकार र न्याय केन्द्र) ले बलपुर्वक बेपत्ता पारिने कार्यबाट महिलामा परेको प्रभाव सम्बन्धि बर्दियामा अध्ययन गरि प्रतिबेदन बिमोचन गरेको छ । यो समस्या समाधान गर्न राज्यलाई सबै राजनीतिक पार्टी लगायत सबै पक्षले सघाउनुपर्ने बताइएको छ । पुरुष बेपत्ता पारिदा महिलामा के कस्तो प्रभाव परेको विषयलाई अध्ययन गरि बर्दियामा सम्बन्धित ठाउँमा परिवारकै माझ सार्वजनिक गरिएको हो । घटनाको सत्य तथ्य बारेमा सबैले जानकारी पाउनुपर्ने लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा संचारका पुर्व मन्त्री तिलकराम शर्मा (हिमाल) ले बताए । राज्यले जति सके छिटो यस समस्यालाई टुग्याउनु पर्ने भन्दै यो समस्या समाधान गर्न राज्यलाई सबै राजनीतिक पार्टीलगायत सबै पक्षले सघाउनुपर्ने पुर्व मन्त्री शर्माको भनाई छ । 

बारबर्दिया नगरपालिका–१० कुम्भर अड्डा बेपत्तायोद्धा स्मृति पार्क स्थित एक कार्यक्रम आयोजना गरि प्रतिबेदन बिमोचन गरिएको छ । पुरुष बेपत्ता पारिदा महिला तथा परिवारमा के कस्ता प्रभाव परेको प्रतिबेदनमा समावेश गरिएको ह्युमन राइट्स एण्ड जस्टिस सेन्टरकी कार्यकारी निर्देशक सलिना काफ्लेले बताईन् । बेपत्ताको बारेमा विभिन्न अध्ययन भए र काठमाडौंमा सार्वजनिक भएको निर्देशक काफ्लेले सुनाईन् । तर पुरुष बेपत्ता पारिदा महिलामा के कस्तो प्रभाव परेको विषयलाई हामीले अध्ययन गरि बर्दियाको सम्बन्धित ठाउँमा नै सार्वजनिक गर्न आएको बताईन् ।

बर्दिया र बाँकेका बेपत्ता परिवार महिलासंग प्रत्यक्ष कुराकानीमार्फत प्रतिवेदन सम्भव भएको उनको भनाई छ । सरकारले बेपत्ता परिवारलाई आन्तरिक राहत स्वरुप रु १० लाख झनझटिलो र जटिल प्रक्रिया बनाएर एक मुष्ट नदिएको प्रतिवेदनमा उल्लेख छ । बलपुर्वक बेपत्ता पारिने कार्यबाट महिलामा परेको प्रभाव सम्बन्धि अध्ययन प्रतिबेदन बिमोचन कार्यक्रममा बर्दिया, बाँकेका बेपत्ता श्रीमती, बारबर्दिया नगरपालिका–१० का वडा अध्यक्ष रण बहादुर चौधरी, कुम्भर अड्डा बेपत्तायोद्धा स्मृति पार्कका अध्यक्ष निरञ्जन कुमार चौधरी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments