• ११ वैशाख २०८३, शुक्रवार
  • २९ °C काठमाडौं
बारबर्दियाको सतखलुवामा चोरीशिकार नियन्त्रण अभियान दिवस मनाईदै

बर्दिया, १९ फागुन । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९, खैरेनी सतखलुवामा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस ०८० मनाईदै छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजना लगायत संरक्षणका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुको समन्वय सहकार्यमा दिवस मनाईदै छ ।

समुदाय र पृथ्वीको अन्तरसंयोज, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित यसबर्षको अभियान दिवस मनाउन लागेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए । अभियान शुरु भएको प्रत्येक मार्च ३ तारेखका दिन मनाईने यो दिवस यसबर्ष फागुन २० गते मनाउन लागेको बताउँदै कार्यक्रममा सहाभागीता जनाउन उनले सबै सरोकारवाला पक्षहरुलाई अनुरोध गरेका छन् । दिवस विविध कार्यक्रमका साथ मनाउँदै छौं उनले भने ।

सम्बन्धित समाचार

Facebook Comments