• ११ वैशाख २०८३, शुक्रवार
  • २९ °C काठमाडौं
बर्दियामा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

बर्दिया, १८ फागुन । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मैनवार गाउँमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा गए राति ८ बजेतिर आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाय निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर ज्यान गएको हो ।

गोठमा एक्कासि आगलागी भएपछि गोठभित्र रहेका भैँसी र बाख्रा निकाल्ने क्रममा गोठ भित्रै उहाँको आगलागीबाट जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ । आगलागी नियन्त्रण गर्दै गर्दा राति साढे १० बजेतिर लछिराम जैशीको पूर्ण रूपमा जलेको अवस्थामा शव फेला पारेको प्रहरीको भनाई छ । उहाँको पूर्ण रूपमा जलेको अवस्थामा (अस्थिपञ्जर) शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया पठाइएको छ ।

आगलागी भए लगत्तै स्थानीय बासिन्दाले धाराको मोटरको पानीको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास गर्दैगर्दा नगर प्रहरी, नेपाल प्रहरीले ट्याक्टर जडित पानी ट्याङ्करबाट आगो निभाउने बेलामा मधुवन नगरपालिकाको दमकलको सहायताबाट मात्र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले राति ११ बजेतिर आगो नियन्त्रणमा लिएका हुन् । आगलागी भएको ठाउँमा पुगेका स्थानीय बासिन्दाले ठाकुरबाबा नगरपालिकामा पनि दमकलको माग गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments