राजापुर आरपीएल क्रिकेटको खेलाडी लिलामी, बाँकेका सिद्धान्त शाही महँगो खेलाडी
केशव कोईराला, १८ फागुन, राजापुर (बर्दिया) । राजापुर प्रिमियर लिग (आरपीएल) को चौथो संस्करण क्रिकेट प्रतियोगिताका लागी खेलाडी लिलामी (अक्सन) प्रक्रिया सकिएको छ । आगामी फागुन २६ गतेदेखि सन्चालन हुने प्रतियोगिताका लागी राजापुरको प्रसिद्व होटलमा खेलाडि लिलामी प्रक्रिया गरिएको हो ।
सहभागी टोलीले खेलाडिको बर्गिकरण अनुसार न्युनतम १ हजारदेखि खेलाडिको लिलामि गरेका हुन् । । अक्सनका लागी आयोजकले बाँके बर्दिया र कैलालीका खेलाडी माग गरे अनुसार ८९ जनाले फारम भरेका थिए । ती मध्ये ८३ जनालाई अक्सनमा राखिएको आयोजकले जनाएको छ । आवेदकहरु मध्येबाट प्रत्येक क्लबमा १४ जनाको दरले ७० खेलाडिको लिलामि हुनेछ । आरपिएलमा सहभागी क्लबले राजापुरका सवै खेलाडी अनिवार्य राख्नुपर्ने प्राबधान गरेको छ । राजापुर बाहेक बर्दियाका ५ एवं बाँके र कैलालीका ४ जना खेलाडि राख्न पाउने छन् । जिल्ला क्रिकेट संघसँगको सहकार्यमा राजापुर स्पोर्टस् क्लवले अक्सनका लागी खेलाडीको वर्गिकरण गरिएको छ ।
प्रतियोगितामा गत बर्षको बिजेता शान्तिपुर वारियर्स, राजापुर राइनोज, सेभेन स्टार, थ्रि लाइन्स, धोबिनपुर किंस् टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँकेका सिद्धान्त राज शाहीलाई थ्री लायन्स क्लवले सबै भन्दा महङो खेलाडिको रुपमा १७ हजार रुपैयामा अनुबन्ध गरेको छ राजापुर स्पोर्ट्स क्लबका अध्यक्ष इन्द्र ध्वज जिसिको अध्यक्षतामा सम्पन्न लिलामी कार्यक्रममा संयोजक पर्बत सिंह गुरुङ, कोषाध्यक्ष कमल पाण्डे, कम्प्यूटर एसोसियसन बर्दियाका अध्यक्ष सुर्य केसी, लगायत खेलाडीहरु सहभागी थिए ।
२० °C काठमाडौं
Facebook Comments