स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा मधुवन बर्दियामा पहिलो
सन्दिप कुमार बैश्य, १७ फागुन, बर्दिया । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक भएको छ । बर्दियाका ८ स्थानीय तहमध्ये मधुवन नगरपालिकाले सबैभन्दा बढी अंक ४३ दशमलव २९ अंक ल्याइ मूल्यांकनमा जिल्लाको पहिलो बनेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको बार्षिक कार्यसम्पादन मूल्यांकन सार्वजनिकगर्दै आइरहेको छ । आयोगको नतिजा अनुसार गुलरिया नगरपालिका ४०.९५ अंक प्राप्त गरी दोस्रो र राजापुर नगरपालिका ३८.०५ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ । बाँसगढी नगरपालिका २८.१९, बारबर्दिया नगरपालिका २५.३१, ठाकुरबाबा नगरपालिका २७.४९, गेरुवा गाउँपालिका २३.९३ र बढैयाताल गाउँपालिकाले १७.०१ अंक प्राप्त गरेको छ ।
कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायतका आधारमा गरिएको हो । मूल्यांकन वर्तमान स्थानीय तहका जनप्रतिनिधि मात्रै नभइ, अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामको आधारमा पनि भएको हो । मूल्यांकनमा स्थानीय तहहरूको कामको आधारमा कुल ७६ अंक भार दिइएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । यसको पूर्णांक १०० हो । तर आधिकारिक तथ्यांक प्राप्त नभएको र आयोगले भने अनुसार केही काम नभएकाले १७ मध्ये १४ सूचकका आधारमा मात्र नम्बर दिइएको हो ।
२९ °C काठमाडौं
Facebook Comments