• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
सरकारबाट रकम भुक्तानी नपाउँदा दुग्ध किसान सडकमा

विष्णु अधिकारी, १७ फागुन, बर्दिया । दुग्ध व्यवसायीहरुले आफुले उत्पादन गरेको दुध सडकमा पोखेर विहिवार जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी आन्दोलन शुरु गरेका छन् । उनीहरुले असोज देखि दुध विक्रि गरेको रकम सरकारले उपलब्ध नगराए पछि आन्दोलन गर्न बाध्य भएका छन् । 

कृषि प्रधान देशमा कृषकको पिडा राज्यले सम्बोधन नगरेपछि आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य इन्द्र प्रसाद लुइटेलले बताए । लुइटेलले बर्दियाका किसानहरुको ९ करोड रुपैया भुक्तानी पाउन नसकेका कारण मर्कामा परेको दुःखेसो गरे । भारतबाट आयातित दुधहरु सरकारले रोक्न नसकेका कारण किसानहरुको दुध राज्यले खरिद गर्न नसक्ने अवस्था आएको उनको भनाई छ । भारतबाट १ अर्ब ५९ करोड २९ लाख ५० हजारको दुध आयात भएको तथ्याङ्क सुनाउँदै उनले दुध विक्रि नभएको बताए । लुइटेलले राज्यको विभिन्न तह र तप्कामा गएर किसानको समस्याका बारेमा उजागर गर्दा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रन परेको बताए । 

दुग्ध किसान ऋषिराम पराजुलीले आफूहरुले दुध बेचेको रकम सरकारबाट  भुक्तानी नपाएपछि पशुपंक्षीलाई दाना खुवाउन समेत कठिन भएको कारण दुध उत्पादनमा हस आएको बताए । नेपाल कृषि प्रदान देश भनि व्याख्या गर्न नथाक्ने राजनैतिक दलका नेतृत्वहरु सरकारमा हुँदा समेत किसान मर्कामा पर्नु भनेको राम्रो संकेत नभएको उनको भनाई छ । दुग्ध किसानहरुलाई स्थानीय सरकारले कुनै सहयोग नगरेको गुलरिया न.पा.४ की लिला योगीले पिडा सुनाईन । दुग्ध किसानहरुले पशुपंक्षीको दाना महगोमा किन्न परेको र राज्यले दुधको पैसा समयमा उपलब्ध नगराउदा पिडा माथि पिडा थपिएको योगीले आक्रोष पोखेकी छन् । किसानहरुले जिल्ला प्रशासन कार्यालय गेट अगाडी दुधपोख्दै २ घण्टा चक्काजाम गरी आन्दोलन गरेका हुन् ।

सम्बन्धित समाचार

Facebook Comments