फूलवारी कपको उपाधी एन्टीभाईरस समाज बारबर्दियाले चुम्यो
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा शुरु भएको प्रथम फूलबारी कप फूटवल प्रतियोगिताको उपाधी एन्टीभाईरस युवा क्लव बारबर्दियाले चुमेको छ । शुक्रबार आयोजक फूलवारी युवा क्लवलाई २–१ गोल अन्तरले पराजीतगर्दै एन्टीभाईरस क्लव विजेता बनेको हो ।
एन्टीभाईरस क्लवले एफसी ईगल्सलाई शून्यका विरुद्ध २ गोलले पराजीतगर्दै फाईनलमा पुगेको थियो । एन्टीभाईरसका सन्तोष रसाईली र जीवन तामाङले १/१ गोलको योगदान गरी टीमलाई सेमीफाईनलमा पुर्याएका थिए । त्यस्तै ठाकुरबाबा युवा समाज बर्दियालाई २–१ गोल अन्तरले हराउँदै एन्टीभाईरस फाईनलमा प्रवेश गरेको हो । फाईनलमा पुर्याउन एन्टीभाईरस युवा समाज बारबर्दियाका प्रकास बुढाले २ गोलको योगदान दिएका थिए ।
एफसी ईगल्सलाई हराउँदै फूलवारी युवा क्लव सेमिफाईनलमा पुगेको थियो । मंगलबारको खेलमा ३–१ गोल अन्तरले एफसी ईगल्सलाई पराजीतगर्दै आयोजक फूलवारी क्लव सेमिफाईनलमा पुगेको हो । फूलवारी युवा क्लवका प्रिजेन्ट सुनार, कमल शाही र प्रविन बस्नेतले टीमलाई जिताउन १/१ गोलको योगदान दिए । डफैयालाई हराउँदै फूलवारी युवा क्लव (ए) सेमिफाईनलमा पुगेको थियो । फूटवल खेलमा ५–२ गोल अन्तरले डफैयालाई फूलवारीले पराजीत गरेको हो । फूलवारी युवा क्लव (ए) का फागुराम चौधरीले ३ गोल, शम्भु थारु र मिलन थारुले टीमलाई जिताउन १/१ गोलको योगदान दिएका थिए ।
सर्वाधिक गोलकर्ता एफसी ईगल्स युथ क्लवका दिपेन्द्र चुनारा, उत्कृष्ट खेलाडी एन्टीभाईरस युवा क्लवका हिमाल गुरुङ र उत्कृष्ट गोल रक्षक एन्टीभाईरसका विशाल थारु, उदयमान खेलाडी फूलवारी युवा क्लवका अपसान गुरुङलाई सम्मान गरिएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा असोज ११ गतेदेखि प्रतियोगिता शुरु गरिएको थियो ।
खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता थिए । प्रतियोगिताको मिडिया पार्टनर चुरेकुञ्ज डटकमले गरेको शर्माले बताउनुभयो । विजेता तथा उपविजेता टीमहरुलाई गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम्, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुमबहादुर मल्ल लगायतका अतिथीहरुले कप, मेटल, प्रमाणपत्र प्रदान गर्नु भएको छ । कार्यक्रममा उत्कृष्ट खेलाडी, सहयोगीहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।
२३ °C काठमाडौं
Facebook Comments