• ११ वैशाख २०८३, शुक्रवार
  • २९ °C काठमाडौं
बर्दियामा पुस्तक बिक्रीगर्दै वैज्ञानिक डाक्टर महाबिर पुन

टीकाराम चौधरी, १५ फागुन, बर्दिया । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले आफ्नो आत्मकथामा आधारित “महाविर पुन सम्झना, सपना र अविरल यात्रा” नाम पुस्तक बिक्रीगर्दै बर्दिया जिल्लामा आईपुग्नु भएको छ । बिरगंन्जको कृषि औजार कारखाना संचालन तथा नेपाली युवामा सकारात्मक र सिर्जनात्मक सोच प्रदान गर्नका लागि आफै जिल्ला–जिल्लामा पुगेर पुस्तक बिक्री गर्नुभएको हो । 

नेपाल भरीमा करिब ३ लाख थान पुस्तक बिक्री गर्ने उदेश्यले नेपालको मध्यपहाडी लोकमार्ग हुदै सुदुरपश्चिम प्रदेशको बैतडी, कञ्चनपुर, कैलाली हुदै लुम्बिनी प्रदेशको बर्दिया पुग्नु भएको छ । पुस्तक बिक्री गर्न हिडेको ३७ औँ दिन सम्ममा करिब ५० हजार भन्दा बढि पुस्तक बिक्री भईसकेको जानकारी गराउनु भएको छ । उहाँले करिब ३ लाख पुस्तक बिक्रीगर्दा २०/२२ करोड सम्म रकम संकलन भए बिरगंन्जको कृषि औजार कारखाना सहजै संचालन गर्न सकिने विश्वास उहाँको छ । हाल ३ दिन देखि बर्दियाका पालिकाका बजार, सार्वजनिक स्थान, विद्यालयहरुमा पुगेर पुस्तक बिक्री गर्नु भएको छ । 

सोमबार गुलरिया, बारबर्दिया नगरपालिकामा पुस्तक बिक्री गर्नु भएको छ भने, मंगलबार बर्दियाका बाँसगढी नगरपालिका, बढैयाताल गाँउपालिकामा कार्यक्रम रहेको छ । पुस्तक बिक्री गर्नुको उदेश्य र आवश्यकताको बिषयमा जानकारी गराउदै आफ्नो बिचार, सपनाहरु सुनाउदै आईराख्नु भएको छ । अध्यक्ष पुनले नेपाली जनतासंग भेटघाट गरी आफ्नो बिचार, योजनाको बारेमा जानकारी गराउने सुनौलो अवसर मिलेको बताउनु भयो । जनताको मायाँले आफुमा उत्साह र जोस जाँगर बढेर आएको बताउदै, आफु कत्तिपनि नथाकेको सुनाउनु भयो । आफ्नो उदेश्य पुरा हुनेमा आफु ढुक्क रहेको जानकारी गराउदै जिर्ण अवस्थामा रहेको कृषि औजार कारखाना संचालन गर्ने जनताको अवसर रहेको बताउनु भएको छ । 

प्रत्येक एक पुस्तकले केन्द्र संचालनका लागि एक ईट्टा थपिएको बताउनु भएको छ । अध्यक्ष महाविर पुनलाई स्वागत गर्न तथा पुस्तक उहाँकै हातबाट ग्रहण गर्न पाउदा स्थानीय सरकार, जनता तथा विद्यार्थी उत्साहित र गौरवशाली महशुस गरेका छन् । पुस्तकहरु संस्थागत, ब्यक्तिगत रुपमा दैनिक लाखौ रुपैयाँको बिक्री गरिराख्नु भएको छ । स्थानीयहरु पनि पुस्तक बिक्रीमा उत्साहपुर्वक सहयोग गराख्नु भएको छ । कार्य सफलताको शुकामना संगै खादामालाले स्वागत गर्दै पुस्तक खरिद गरिराख्नु भएको छ । उहाँले बर्दियाबाट बाँके, दाङ हुदै अगाडी जाने बताउनु भएको छ । राष्ट्रिय आविस्कार केन्द्रले प्रकाशन गरेको पुस्तक ३०६ पृष्ठको छ । पुस्तकको मुल्य ७५० रुयैयाँ निर्धारण गरिएको छ । उक्त पुस्तक यसै बर्षको असोज महिनाको अन्तिम साता देखि नै बिमोचन गरी बिक्रीको काम थालनी गरिएको थियो । 

https://www.facebook.com/Churekunja/videos/710471711246665

 

सम्बन्धित समाचार

Facebook Comments