• ११ वैशाख २०८३, शुक्रवार
  • २९ °C काठमाडौं
बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

मुरली गोडिया, १४ फागुन, बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बर्दियाका ५० वटा उजुरीहरु दर्ता भएका छन । आयोगको वुटवल सम्पर्क कार्यालय नेपालगंजले गुलरियामा आयोजना गरेको एक कार्यक्रममा बर्दियाका ८ ओटै पालिकामा चालु आर्थिक वर्षको फागनु ११ गते सम्ममा ५० वटा उजुरी परेको जनाइएको छ । 

गत वर्षमा परेको जम्मा २१ वटा उजुरी मध्ये ६ वटा मात्र फर्छौट भएका छन । यस वर्षको ५० मध्ये १७ वटा उजुरीहरु फर्छौट भएका छन । बर्दियाको आठ वटा पालिका मध्ये यस वर्ष सबै भन्दा बढी १० वटा उजुरी बढैयाताल गाउँपालिकाको रहेको तथ्यांकले देखाएको छ । गत दुइ वर्षको तथ्यांक अनुसार हाल सम्म परेका ७१ वटा उजुरी मध्ये २३ वटा उजुरीहरु फर्छौट भएका छन भने ४८ वटा उजुरी फर्छौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो । 

यस्तै गुलरियामा ५, बढैयातालमा १०, गेरुवा गाँउपालिकामा ६, राजापुरमा ८ मधुवनमा ३ ठकुरबाबामा ९, बारबर्दियामा शुन्य र बाँसगढी नगरपालिकामा ९ वटा उजुरीहरु परेको उहाँले बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र शुसासन प्रर्बद्धन सम्बन्धी गुलरिया नगरपालिका स्तरीय अन्तरकृया कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जको आयोजना र गुलरिया नगरपालिकाको ब्यवस्थापन तथा सहजीकरणमा भएको कार्यक्रमका प्रमुख अतिथि एवं आयोगको कार्यालय प्रमुख गणेश बहादुर आधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यपत्र प्रस्तुतगर्दै प्रमुख अधिकारीले भ्रस्टाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बारे जानकारी, कार्यालयको प्रगती र तथ्यांकीय जानकारी, भ्रष्टाचारको कसुर र सजाय, भ्रष्टाचारको प्रकार, आयाम तथा भ्रष्टाचारका कारक लागयत बारे प्रष्ट पार्नु भयो । वहाँले कतिपय पालिका प्रमुखलाई सार्बजनिक खरिद ऐन तथा आफनै पालिकाले निर्माण गरेका विभिन्न ऐन बारे प्रष्ट जानकारी नभएको बताउनु भयो । प्रशासनिक क्षमता कमजोर भएकाले पालिकाहरुले शुसासन कायम गर्न नसकेको उल्लेख गर्दै इमानदारीताको कमि हुनाले भ्रष्टाचार मौलाएको बताउनु भयो । 

कहिं कहिं त नितिगत रुपमै भ्रष्टाचार भैरहेको सुनाउँदै उहाँले भ्रष्टाचारको अन्त्यका लागी अब हरेक सचेत नागरिकले प्रश्न उठाउन आवश्यक रहेको औंल्याउनु भयो । हरेक नागरिक आ–आफ्नो स्थान बाट जिम्मेवार हुन आवश्यक रहेको बताउँदै भ्रष्टाचार मौलाए शुसासन, गुणस्तरिय जिवन र दिगो बिकास ध्वस्त हुने तर्फ सचेत समेत गराउनु भयो । कार्यक्रममा सम्पर्क कार्यालय नेपालगंजका नारायण ढकालले सहजीकरणगर्दै सुशासनका खम्बाहरुका बारेमा प्रष्टाउनु भएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले पालिकामा भ्रष्टाचार रोक्न सबैको सल्लाह र सुझाव जरुरी रहेको बताउनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments