फूलवारी कप फूटवल : एन्टीभाईरस र फूलवारी फाईनलमा भिड्दै
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगितामा एन्टीभाईरस युवा समाज र फूलवारी युवा क्लव (ए) फाईनलमा भिड्दैछन् । ए पोलबाट फूलवारी तथा बी पोलबाट एन्टीभाईरस क्लव फाईनलमा पुगेका हुन् ।
बिहिवारको खेलमा एन्टीभाईरस क्लवले एफसी ईगल्सलाई शून्यका विरुद्ध २ गोलले पराजीत गरेको हो । एन्टीभाईरसका सन्तोष रसाईली र जीवन तामाङले १÷१ गोलको योगदान गरेको फूलवारी युवा क्लवका सदस्य सरोज थारुले बताउनु भयो । शुक्रवार दिउँसो १ बजेदेखि फाईनल खेल शुरु हुने उहाँको भनाई छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा असोज ११ गतेदेखि प्रतियोगिता शुरु गरेको थियो ।
खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका थिए । खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।
२३ °C काठमाडौं
Facebook Comments