• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
ठाकुरबाबालाई हराउँदै एन्टीभाईरस सेमिफाईनलमा

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगितामा एन्टीभाईरस युवा समाज बारबर्दियाले ठाकुरबाबा युवा समाज बर्दियालाई हराउँदै सेमीफाईनलमा प्रवेश गरेको छ ।  फूटवल प्रतिस्पर्धामा २–१ गोल अन्तरले ठाकुरबाबालाई एन्टीभाईरसले पराजीत गरेको छ ।  


एन्टीभाईरस युवा समाज बारबर्दियाका प्रकास बुढाले २ गोलगरी टीमलाई जिताउन सफल भएको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । सेमीफाईनलमा पुगेका सुहेलवा (ए) र एन्टीभाईरस युवा समाज विच प्रतिस्पर्धा हुने जनाईएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा असोज ११ गतेदेखि प्रतियोगिता शुरु गरिएको छ । 


खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments