• २ कार्तिक २०८३, आइतवार
  • २२ °C काठमाडौं
बर्दियामा दादुरा रुबेला खोप धमाधम लगाईंदै

बिष्णु अधिकारी, १३ फागुन, बर्दिया । सन २०२६ सम्ममा दादुरा रुबेला रोगलाई खोपका माध्यमद्धारा निर्मुल गर्ने लक्ष्य अनुसार आईतबारबाट दादुरा रुबेला अभियान सुरु भएको छ । गुलरिया नगरपालिका वडा नं. ६ बगलामुखी माध्यमिक विद्यालयबाट दादुरा रुबेला खोप अभियान सुरु भएको गरिएको हो । 

बर्दियामा ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाईने छ । दादुरा रुबेला रोग भएका बालबालिकाहरुमा पखाला लाग्ने, कानमा संक्रमण हुने, न्यूमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकाले विरामीको मृत्यु समेत हुन सक्ने भएकाले आम नागरिकहरुलाई नजिकको खोपकेन्द्रमा गई आ–आफ्ना बालबालिकालाई खोप लगाउन जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर विष्टले बर्दियाका आम नागरिकहरुमा अनुरोध गर्नु भएको छ । 

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले ९ महिना देखि १५ बर्ष मुनिका १ लाख १८ हजार ५ सय २७ जनालाई खोप दिने लक्ष्य लिइ अभियान सुरु गरिएको बताउनु भयो । अभियान संचालन अवधिभर ८ पालिकामा ९ सय ६८ जना स्वास्थ्यकर्मी र १४ सय ५२ जना स्वयंसेवक परिचालन गरिएको खोप शुभारम्भ कार्यक्रममा जानकारी दिनु भयो । बर्दियाका ८ वटै पालिकामा ४ सय ८४ खोपकेन्द्र संचालन भएको छ । बर्दियामा खोप अभियान फागुन १३ गते देखि १८ गते सम्म चल्नेछ । दादुरा रुबेला खोप लक्षित बर्गका बालबालिकालाई खोप लगाउन खोप केन्द्र सम्म ल्याउनका लागि खोपको महत्वको बारेमा व्यापक प्रचार प्रसार गरि बालबालिकालाई खोप केन्द्र सम्म ल्याउन सबैको भुमिका महत्वपुर्ण रहने भएकाले सबैको हातेमालोले राष्ट्रिय अभियान सफल बनाउन गिरीले अनुरोध गर्नु भएको छ ।

अभियानलाई सफल बनाउन बर्दियाका सबै समुदायहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न गिरीको आग्रह छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, स्कुल व्यवस्थापन समितिका पदाधिकारी, सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरु, विद्यालयका शिकक शिक्षिका, पत्रकारहरु सहभागी थिए । 

सम्बन्धित समाचार

Facebook Comments