• १८ वैशाख २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ, १३ फागुन । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बिबेकले फ्री-किकबाट गोल गरेका थिए । अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुने छ ।

सम्बन्धित समाचार

Facebook Comments