• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
मधुवन खोप समन्वय समिति र संचारकर्मीहरुलाई अभिमुखिकरण

मधुवन, १० फागुन । बर्दियाको मधुवन नगरपालिकाले दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर–स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुका लागि एकदिने अभिमुखिकरण गरेको छ । मधुवन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका हलमा अभिमुखीकरण गरिएको हो ।

लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि ती रोगहरुबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने र पाँच बर्ष मुनिका बालबालिकाहरुको छुट तथा नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने उदेश्यले खोप अभियान शुरूवात गरिएको हो । सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता छ । ०७९ मंसिर ०३ देखि २०८०, १५ पौषसम्म बर्दिया जिल्लामा ७२ जना संक्रमित भएका थिए ।  दादुरा महामारीमा संक्रमित ब्याक्तीहरु मध्ये ७४ प्रतिशत ९ महिनादेखी १५ बर्ष मुनिका बालबालिकाहरु रहेका छ्न । मधुवन नगरपालिका स्वास्थ्य शाखाले १३ हजार १ सय ८४ जना ९ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाका प्रमुख गिता घिमिरेले जानकारी दिनभयो ।

दादुरा रुबेला खोप अभियानमा ९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई डि.पि.टि.– हेप.वि.– हिव, पि.सी.भि. र आई.पि. भि. छुट नियमित सबै खोप लागाउने छ्न । अभिमुखिकरण गोष्ठीमा नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, मधुवन नगरपालिका वडा नं–४ का वडा अध्यक्ष बलिराम चौधरी, कार्यपालिका सदस्यहरु लगायत बुद्धिजीवीहरु उपस्थिति रहेको थियो । नगर स्तरीय खोप समन्वय समिति तथा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले दादुरा रुबेला खोप अभियान राष्ट्रिय अभियान भएकाले मधुवनबासी, संचारकर्मी, शिक्षक बर्ग, स्वयमसेबीका, अभिभावक, राजनैतिक दलका नेतागण तथा बुद्धिजीवीलाई अभियान सफल गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिलगर्दै कोहि बालबालिकाहरु दादुरा रुबेला खोप लाउनबाट नछुटाउन आग्रह गर्नुभयो । बर्दियामा फागुन १३ गतेदेखि १८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप अभियान हुँदैछ ।

सम्बन्धित समाचार

Facebook Comments