मधुवनमा दादुरा–रुबेला सम्बन्धी अभिमुखिकरण
बर्दिया, १० फागुन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित स्वास्थ्य चौकीको आयोजनामा दादुरा रुबेला सम्बन्धी एक दिवसिय अभिमुखिरण बुधबार गरिएको छ । खोप अभियान अन्र्तगत वडामा जानकारी गराउन कार्यक्रम गरिएको हो ।
दादुरा रुबेला खोप अभियानमा मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा स्वास्थ्य चौकीले १ हजार ३ सय १० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको जनाएको छ । वडा नं–१ मा फाल्गुन १३ गतेदेखि फाल्गुन १८ गतेसम्म खोप अभियान संचालन हुने छ । अभियानमा ९ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाईने छ । अभियानमा सहभागी भई सफल बनाउन सुर्यपटुवा स्वास्थ्य चौकीले सबैलाई अनुरोध गरेको छ ।
आफुलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सकिने स्वास्थ्य चौकीले जनाएको छ । फाल्गुन १३ गते विहान १०ः३० बजेदेखि ४ सम्म त्रिभुवन माध्यमिक विद्यालय, १४ गते सरस्वती आवासीय विद्यालय पथ्थरबोझी, १५ गते वि.पी. प्राथमिक विद्यालय कैलासी, १६ गते जनजागृती प्राथमिक विद्यालय सोमलपुर, १७ ठाकुरबाबा पब्लिक स्कुल कुसुम्मा, १८ गते छुटेका सम्पुर्ण बालबालिकाहरु शिव सदन पब्लिक स्कुल डल्लामा खोप लागाइने बताईएको छ ।
अभिमुखिकरण कार्यक्रममा मधुवन नगरपालिका वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापा, वडा सदस्यहरु धनिराम थारु, रन्जु चौधरी र रामचरण चौधरी, सुर्यपटुवा स्वास्थ्य चौकीका प्रमुख पुर्ण बहादुर खत्री, स्वास्थ्यकर्मी सिनियर अहेव संजिप पन्जियार लगायत गाउँटोल बरघरहरु सहभागी थिए । वडा अध्यक्ष थापाले सम्पुर्ण वडाबासी अभिभावकहरुलाई महान दादुरा रुबेला बिरुद्धको खोप अभियान सफलताको लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।
२५ °C काठमाडौं
Facebook Comments