खोप अभियानमा सबैले हातेमालो गरौं : गुलरिया नगर प्रवक्ता शुधांसु प्रकाश शर्मा
बिष्णु अधिकारी, ९ फागुन, बर्दिया । फागुन १३ गतेदेखि १८ गतेसम्म संचालन हुने दादुरा–रुबेला बिरुद्धको खोप अभियानमा सरिक हुन गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु प्रकाश शर्माले वडाबासीमा अनुरोध गर्नु भएको छ । दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनालाई संक्रमण गराउन सक्ने भएकाले समयमै खोप लगाई सबै अभिभावकलाई हातेमालो गर्न अनुरोध गर्नु भएको हो ।
दादुरा रुबेला भएमा ज्वरो आउने, शरिरमा राता विमिरा देखिने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो देखिने, रुघाखोकिको लक्षणहरु देखापर्ने गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनु भएको छ । बर्दियामा ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा रुबेला खोप अभियान सुरु गरिएको बताउँदै गुलरिया नगरपालिका ६ नं. वडामा ९ महिना देखि ५ बर्षसम्म ३ सय ५१ जना, ५ बर्षदेखि १५ बर्ष मुनिका १३ सय जनालाई खोप दिने लक्ष्य लिईएको प्रष्ट्याउनु भयो । अभियान संचालन अवधिभर ६ नं. वडामा ६ खोप केन्द्र, ४ स्वास्थ्यकर्मी र विद्यालयबाट स्वयंसेवक परिचालन हुने जनाईएको छ ।
दादुरा रुबेला रोग भएका बालबालिकाहरुमा पखाला लाग्ने, कानमा संक्रमण हुने, न्यूमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकाले विरामीको मृत्यु समेत हुन सक्ने भएकाले आम नागरिकहरुलाई खोपको महत्वको बारेमा व्यापक प्रचार प्रसार गरि बालबालिकालाई खोप केन्द्र सम्म ल्याउन सबैको भुमिका महत्वपुर्ण रहने बताउनु भएको छ । यस अभियानलाई सफल बनाउन गुलरियाका सबै समुदायहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि पाण्डेले अनुरोध गर्नुभएको छ ।
२५ °C काठमाडौं
Facebook Comments