• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बर्दियामा १ लाख १८ हजार बढी बाल बालिकालाई दादुरा–रुबेला बिरुद्ध खोप 

मुरली गोडिया, ८ फागुन, गुलरिया (बर्दिया) । बर्दियाका ८ वटै पालिकाका बालबालिकाले दादुरा रुवेला खोप पाउने भएका छन । आउँदो फागुन १३ गते देखी १८ गते सम्म संचालन हुने खोप अभियान मार्फत ९ महिना देखी ५ वर्षका बालबालिका र ५ वर्ष देखी १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाईने भएको छ । 

जसअन्र्तगत ९ महिना देखी ५ वर्ष सम्मका ३१ हजार ४ सय ४९ जना, ५ वर्ष देखी १५ वर्ष उमेर समुहका ८७ हजार ७८ जना गरि कुल १ लाख १८ हजार ५ सय २७ जना बाल बालिकालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिए । बाल बालिकाहरूलाई खोप लगाएर दादुरा–रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्य लिईएको छ । 

त्यस्तै पाँच वर्ष मुनिका बालवालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने उद्धेश्य राखिएको उहाँको भनाई छ । बर्दिया जिल्लाभरी ४ सय ८४ स्थानमा खोप केन्द्र मार्फत खोप दिइने छ । जसका लागि ९ सय ६८ जना स्वास्थ्यकर्मी परिचालन र १ हजार ४ सय ५२ जना स्वांयसेवक खोप अभियानमा खटिने प्रमुख गिरीले जानकारी दिए । बर्दियाका ८ ओटै पालिकामा एक साथ दादुरा रुवेला खोप अभियान संचालन भएपनि कारणबस बाँसगढी नगरपालिकाको वडा नम्बर १ मा फागुनको २१ गतेदेखी २३ गते सम्म संचालन हुने बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments