राजापुरमा बृहत रक्तदान कार्यक्रमगर्दै युनिक नेपाल
केशव कोईराला, १५ माघ, राजापुर (बर्दिया) । युनिक नेपाल बर्दियाले यहि माघ २० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार राजापुरमा पत्रकार भेटघाटका क्रममा रक्तदानबारे जानकारी गराइएको हो । रगतको अभावमा अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको हो ।
यस अघि पनि नेपाल स्वयंसेबि रक्तदाता समाजको आयोजनामा गरिने रक्तदान कार्यक्रममा युनिकले सहयोगगर्दै आएकोमा यस पटक युनिक नेपालले कार्यक्रम आयोजना गर्न लागेको युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ”रक्तदान गर्दा कमजोर हुन्छुकी बिरामी पर्छुकी भन्ने मानसिकता छोडौ “मैले १८ पटक रक्तदान गरे शरीर पÞmुर्तिलो हुनुका साथै रोगप्रतिरोधात्मक शक्ति बढेको छ ।” २० गते आयोजना गरिने रक्तदान कार्यक्रममा संयोजकको भुमिकामा रहेको नेपाल स्वयंसेबि रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुंगानाले यस अघि संकलन गरेको रगतले २० जना बढी सुत्केरी र दुर्घटनामा परेकाहरुले पुनर्जीवन पाएको भन्दै निर्धक्क भएर रक्तदानमा सहभागी हुन सबैमा अपील गर्नुभयो ।
रक्तदाता समाजले राजापुरमा यस अघि २ पटक रक्तदान कार्यक्रमको आयोजना गरिसकेको बताउदै स्वयंसेवी रक्तदाता समाजका जिल्ला सदस्य शिशिर शर्माले थारुहरुमा देखा परेको रोग सिकलसेल एनीमियाका बिरामिहरुलाई आवश्यक पर्ने रगत सहजै उपलब्ध गराउन राजापुरमा ब्लड बैंक स्थापना गर्नुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले भन्नुभयो “थारु समुदायमा देखापरेको सिकलसेल एनिमिया र थालेसेमियाको चेकजाँच र निदानमा पालिकाले चाँसो देखाएपनी सहजै रगत पाउने वातावरण बनाउन तर्फ पालिकाले तदारुकता देखाउनु पर्छ ।
२५ °C काठमाडौं
Facebook Comments