मेची–महाकाली रक्तदान सम्बन्धी अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा
माघ १२, रुपन्देही । रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जगाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा छ । अभियानको ३४ औ कार्यक्रम आज भैरहवा, रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको छ ।
गत पौष ७ गतेदेखि मेची पुलबाट सुरु भएको अभियानले रुपन्देही सम्म आईपुग्दा देशका विभिन्न ३४ स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान अन्तर्गत अवको कार्यक्रम कैलाली, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु, नवलपुर र चितवनमा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुनबाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै संख्यामा युवाहरु विदेशीनु भएको छ जसले गर्दा रगतको अभाव व्यापक छ । सोही कारण रक्तदान गर्न मिल्नेहरुका लागि रक्तदान उत्प्रेरणा जगाउन यो अभियान थालेका हौं ।”
अभियानमा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको साथ र सहयोग रहँदै आएको उहाँको भनाई छ । अभियान अन्र्तगत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो । मेची–महाकाली अभियानको पश्चिम नेपाल यात्रामा संस्थाका अध्यक्ष अर्जुन अधिकारी, सल्लाहकार बाल चन्द्र पोख्रेल, महासचिव अन्जन दवाडी, सदस्य दिपक घिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रम समापन २१ माघमा भरतपुर चितवनमा हुने जानकारी गराउनु भयो ।
२५ °C काठमाडौं
Facebook Comments