बढैयातालको पशुस्वास्थ्य शिविरबाट किसान लाभान्वित
दलबहादुर सुनार, बढैयाताल (बर्दिया), २५ पौष । पशु सेवा कार्यालय बढैयाताल गाउँपालिका बर्दियाको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर गरिएको छ । स्थानिय पशुपालक किसानको घर दैलोमा सेवा दिने उद्देश्यले ८ नम्बर वडा कार्यालयको समन्वय तथा पशु प्रजनन कार्यालय गौघाट बाँकेको प्राबिधिक सहयोगमा बढैयातालको पशुपति नगरमा शिविर सम्पन्न गरिएको हो ।
शिबिरमा गाई, भैसी, बाख्रा कुकुर कुखुरा गरी ४ सय ५६ पशु पंक्षिको उपचार गरिएको छ । बिभिन्न समस्या लिएर शिविरमा गएका पशुपालक कृषकलाई पशुमा देखिएको समस्या तथा निदानको बारेमा परामर्श दिईएको छ । घर दैलोमा सञ्चालन भएको औषधि सहितको निःशुल्क पशु स्वाथ्य शिबिरमा पशु पंक्षिको जाँच तथा उपचार गराउन पाउदा खुसि भएको स्थानिय पशु पालक किसानले बताए ।
शिविरमा गाई, भैसी, बाख्रा, कुकुर कुखुरा लगाएतका पशुपंक्षिको निःशुल्क स्वाथ्य परिक्षण, बाँझोपन नियन्त्रण, कृतिम गर्भधारण र परामर्श लगाएतका सेवा प्रदान गरिएको पशु सेवा कार्यालय बढैयातालका प्रमुख अशोक कुमार उपाध्यायले जानकारी दिनुभयोे । शिबिरमा रोगी र बिरामी पशुको लागि जुका, नाम्ले, भिटामिन, घाउखटिरा जुम्रा लगाएतका समस्याको उपचार तथा औषधि निःशुल्क वितरण गरिएको छ । शिविरमा पशु प्रजनन कार्यालय गौघाट बाकेका डाक्टर मिलन चौधरी सहित अन्य पशु सवास्थ्यकर्मीले सेवा प्रदान गरेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
२२ °C काठमाडौं
Facebook Comments