• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।  

बैठक बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरु निरन्तर छलफलमामा रहेका छन । हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरुले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए ।

तर, त्यो अझै टुंगोमा पुग्न सकेको छैन । एमालेले पनि राष्ट्रियसभामा भागबन्डा खोजेको र त्यसमा लचक भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखे पछि गठबन्धन भित्र भने असन्तुष्टी बढेको छ ।
 

सम्बन्धित समाचार

Facebook Comments