• १० साउन २०८३, आइतवार
  • २१ °C काठमाडौं
राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा प्रत्याभुत परिवारलाई आयआर्जन सामाग्री हस्तान्तरण

चुरेकुञ्ज, पुष १२, गुलरिया (बर्दिया) । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दियाले प्रत्याभुत परिवारलाई आयआर्जन सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा रहेका विपन्न एवम् लक्षित ५ घर परिवारलाई आयआर्जनको लागि सामाग्री हस्तान्तरण गरेको हो ।

प्रत्याभुत परिवारका सदस्यलाई किराना, साईकल मर्मत एवम् सिलाई कटाई सम्बन्धी ब्यवसायीक सामाग्री हस्तान्तरण गरेको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित जीएसएस परियोजना अन्र्तगत ब्यवसाय संचालनको लागि सामाग्री उपलब्ध गराईएको छ ।

संस्थाका अध्यक्षद्वारा सामाग्री हस्तान्तरणको औपचारिक कार्यक्रममा प्रत्याभुत परिवारलाई किराना सामाग्री अन्र्तगत पसलको लागि २ जनालाई चामल, दाल, नुन, तेल, विस्कुट लगायत सम्पूर्ण सामाग्री, साईकल मर्मत पसल संचालनको लागि २ जनालाई साईकलको रिङ, टायर, ट्युव, छर्रा, धुरा लगायत आवस्यक सम्पूर्ण सामाग्री र सिलाई कटाई ब्यवसायका लागि १ जनालाई वोर्ड मेसीन, ईन्टरलक मेसीन, कैची, हेंगर लगायतका सम्पूर्ण आवस्यक सामाग्री उपलब्ध गराईएको कार्यक्रमका संयोजक मनोज पौडेलले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments